नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। गणतन्त्र दिवस परेड र बीटिङ रिट्रीट समारोहको कारण राष्ट्रपति भवन 21 देखि 29 जनवरीसम्म आम जनताको निम्ति बन्द रहनेछ। यस अवधि प्रत्येक शनिवार हुने गार्डहरूको अदला-बदलीको समारोह पनि हुनेछैन।
राष्ट्रपति कार्यालयले बिहिवार जानकारी गराएको छ, आगामी गणतन्त्र दिवस परेड र बीटिङ रिट्रीट समारोहको कारण 21 देखि 29 जनवरीसम्म आम जनको निम्ति राष्ट्रपति भवन (सर्किट-1) को दौड़ाह बन्द रहनेछ। गणतन्त्र दिवस परेडको रिहर्सलको कारण राष्ट्रपति भवनमा 11,18 र 25 जनवरीमा गार्डहरूको अदला-बदलीको समारोह पनि हुनेछैन।
हिन्दुस्थान समाचार / भवानी थामी