डिमा हसाओ, 09 जनवरी (हि.स.)। राज्यको पहाड़ी जिल्ला डिमा हसाओको उमरांग्सूदेखि 25 किमी टाढ़ा असम-मेघालयको सीमावर्ती 3 किलो- मा भएको कोइला खानी दुर्घटनाको चौथो दिन बचाउ अभियान फेरि आज बिहान गोताखोरहरूको मद्दतले शुरू गरियो। दुर्घटनाको तेस्रो दिन बिहान गोताखोरहरूले एउटा शव खानी बाहिर निकालेका थिए। त्यसपछि पूरा दिन अभियान सफल भएन।
प्रथम बटालियन एनडीआरएफको एक वरिष्ठ अधिकारीले आज भने, नेवी, थल सेना, एनडीआरएफ, एसडीआरएफ समेत अन्य एजेन्सीहरू राहत एवं बचाउ कार्यमा जुटेका छन्। क्षेत्रमा पानी परेको कारण अभियानमा समस्या आइरहेको छ।
एनडीआरएफको सूत्रहरू अनुसार, खानी 200 मीटर गहिरो छ। जसलाई शुरूमा 300 मीटर बताइएको थियो। कोइला खानीमा अहिलेपनि 50-60 फीट पानी भरेको छ। जसलाई बाहिर निकाल्नको निम्ति प्रय़ास गरिँदैछ।
जानकारी अनुसार, कोल इण्डियाको पम्प पनि सम्भवतः आज कोलकाता पुग्नेछ। ओयल इण्डियाका साथै जिल्ला प्रशासन समेत अन्य एजेन्सीहरूको पम्पको माध्यमले खानीबाट पानी निकाल्ने प्रय़ास जारी छ। तमाम प्रय़ासहरू गरिएपनि पानी तीव्र गतिमा कम भइऱहेको छैन तर बढ्ने रफ्तार पनि तीव्र छैन। जसबाट अभियान चलाइऱहेका एजेन्सीहरूलाई बचाउ कार्यमा आशाको किरण देखिएको छ।
अभियान चलाइरहेका गोताखोरहरू अनुसार, खानीभित्र जति पल्ट जाँच गरियो, त्यहाँ केही पनि भेटिएको छैन। सम्भवतः खनिक रेट होलभित्र हुनसक्छन् यसैले उनीहरूलाई खानीभित्र खोज्नु ठूलो चुनौती भएको छ। पानी कम भए खोजी अभियान राम्रो ढंगले चलाउन सकिने बताइँदैछ।
उल्लेख्य, कोइला खानीमा गत सोमवार अचानक पानी भरेको कारण भित्र काम गरिरहेका खनिकहरू फंसे। उनीहरूको सठीक संख्या औपचारिक रूपमा सामू आएको छैन। यद्यपि, 11 जना भित्र फंसेको हुनसक्ने बताइँदैछ। जसमा एक व्यक्तिको शव भेटिएको छ, जुन मूल रूपमा छिमेकी देश नेपालको नागरिक थियो। जसको पहिचान राजेन शेर्च (42, जिल्ला-उदयपुर,नेपाल) को रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी