पञ्जाबः शम्भू बर्डरमा तरनतारनको किसानले निल्यो सल्फास, स्थिति गम्भीर
पञ्जाबः शम्भू बर्डरमा तरनतारनको किसानले निल्यो सल्फास, स्थिति गम्भीर


चण्डीगढ़, 09 जनवरी (हि.स.)। पञ्जाबको शम्भू बर्डरमा बिहिवार एक किसानले सल्फाल निल्यो। किसानको स्थिति गम्भीर भएपछि उसलई पटियालाको राजिन्दरा अस्पतालमा भर्ती गराइएको छ।

सल्फास निल्ने किसानको पहिचान पञ्जाबको तरनतारन जिल्लाको गाउँ पोहविङ निवासी रेशम सिंह (55) को रूपमा गरिएको छ। किसान नेता तेजबीरसिंह अनुसार, रेशम सिंह शम्भू र खनौरी बर्डरमा 11 महिनादेखि आन्दोलन भएपनि सरकारको तफबाट यसको समाधान ननिकालिएकोले रूष्ट थियो।

बिहिवार लंगर स्थल नजिकै उसले सल्फाल निल्यो। किसानहरूलाई जस्तै यसबारे थाहा लाग्यो तब उसलाई त्यहाँ प्राथमिक सहायता दिइयो। यसपछि उसलाई तुरन्तै अस्पताल लगियो। यस अगाड़ी पनि 14 दिसम्बरमा किसान रणजोध सिंहले सल्फास निलेर आत्महत्या गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande