चण्डीगढ़, 09 जनवरी (हि.स.)। खनोरी बर्डरमा आमरण अनशन गरिरहेका किसान नेता जगजीत सिंह डल्लेवालको अनशन आज बिहिवार 45औं दिन पुग्यो। किसानहरूले अब 10 र 13 जनवरीका कार्यक्रमहरूको तयारीहरू शुरू गरेका छन्। खनोरीमा डल्लेवालको स्वास्थ्यको निम्ति लगातार पाठ गरिँदैछ।
बुधवार राति समाजवादी पार्टीले यस आन्दोलनलाई समर्थन दिने घोषणा गऱ्यो। उत्तर प्रदेशको मुजफ्फरनगरबाट सांसद एवं राष्ट्रिय महासचिव हरेन्द्र मलिकले डल्लेवाललाई भेटे। यस अवधि उनले किसानहरूसित पार्टीका सुप्रीमो अखिलेश यादवसित फोनमा कुरा गराए। अखिलेश यादवले उनलाई विश्वास दिलाएका छन् कि उनी सबै राजनीतिक पार्टीहरूसित कुरा गर्नेछन् र सबै राजनीतिक पार्टीहरू आपसी मतभेद बिर्सेर एमएसपी गारन्टी कानूनको मुद्दामा एकजुट होस् भनी प्रयास गर्नेछन् ताकि किसानहरूको आत्महत्यालाई रोक्न सकियोस्। यसबीच किसानहरूले लोहड़ीको पर्व धरना स्थलहरूमै मनाउने घोषणा गरेका छन्। जसमा रोष स्वरूप तीन कृषि कानूनहरूको प्रतिहरू जलाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी