नयाँ दिल्ली, 08 जनवरी (हि.स.)। कांग्रेस पार्टीले वर्तमान वित्तीय वर्षको निम्ति केन्द्र सरकारद्वारा जीडीपी ग्रोथमा ह्रासको अनुमानलाई निराशाजनक बताएको छ। पार्टीको भनाई छ, अर्थव्यवस्थासित सम्बन्धित लगातार सामु आएको निराशाजनक आंकड़ा आगामी केन्द्रिय बजेटको निम्ति चिन्ताजनक पृष्ठभूमि तयार गर्दछ।
कांग्रेस महासचिव (संचार) एवं सांसद जयराम रमेशले बुधवार यहाँ एक बयानमा भनेका छन्, केन्द्र सरकारद्वारा जारी गरिएको आंकड़ाहरू अनुसार, वित्त वर्ष 2025 मा केवल 6.4 प्रतिशत जीडीपी ग्रोथको अनुमान छ। यो चार वर्षको सबैभऩ्दा निम्न स्तर हो र वित्त वर्ष 2024 मा दर्ता 8.2 प्रतिशतको ग्रोथको तुलनामा स्पष्ट ह्रास हो। यो भारतीय रिजर्भ ब्याङ्कको हालको 6.6 प्रतिशतको ग्रोथको त्यस अनुमानभन्दा पनि कम छ, जुन आफै पहिलेको 7.2 प्रतिशत अनुमानभऩ्दा कम छ। केही हप्तामै भारतीय अर्थव्यवस्था निम्न स्तरमा आएको छ। अत्यन्त महत्वपूर्ण भूमिका निभाउने मेन्युफेक्चरिङ सेक्टर त्यस प्रकार बढ़िरहेको छैन जुन प्रकारले बढ्नु चाहियो। सरकारले अब देशको ग्रोथमा ह्रासको वास्तविकता र यसका विभिन्न पहलुहरूलाई अस्वीकार गर्नसक्दैन।
जयराम रमेशले भने, गत 10 वर्षमा देशको उपभोग कथा रिवर्स स्विङमा गएको छ, जुन भारतीय अर्थव्यवस्थाको निम्ति सबैभन्दा ठूलो समस्या बनेर अगाड़ी आएको छ। यस वर्षको दोस्रो तिमाहीको आंकड़ाहरूमा निजी अन्तिम उपभोग व्यय (पीएफसीई) ग्रोथ पछिल्लो तिमाहीको 7.4 प्रतिशतभन्दा सुस्त भएर 6 प्रतिशत रह्यो। कारहरूको बिक्री चार वर्षको तल्लो स्तरमा आएको छ।
उनले भने, सकल स्थिर पूंजी निर्माण (पब्लिक र प्राइवेट) मा ग्रोथको निम्ति सरकारको अनुमान छ कि यस वर्ष यो सुस्त भएर 6.4 प्रतिशत हुनेछ, जुन पछिल्लो वर्ष 9 प्रतिशत थियो। यो आंकड़ाले पनि भारतमा निवेश गर्नका लागि प्राइवेट सेक्टरको अनिच्छाको वास्तविकतालाई देखाउँछ। सरकारको आफ्नो आर्थिक सर्वक्षण (2024) ले पनि स्वीकार गरेको छ कि मशीनरी र उपकरण र बौद्धिक सम्पदा उत्पादहरूमा प्राइवेट सेक्टरको सकल निश्चित पूंजी निर्माण (जीएफसीएफ) वित्त वर्ष 2023 सम्म चार वर्षमा संचयी रूपमा केवल 35 प्रतिशत बढ़ेको छ, यो राम्रो मिश्रण होइन। वित्त वर्ष 2023 र वित्त वर्ष 24 बीच प्राइवेट सेक्टरद्वारा नयाँ प्रोजेक्टको घोषणाहरूमा 21 प्रतिशतको ह्रासको साथ यो अझ् निराशाजन बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी