नयॉं दिल्ली, 08 जनवरी (हि.स.)। केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले आज 'महाकुम्भ 2025' को निम्ति समर्पित आकाशवाणी र दूरदर्शनको एक विशेष गीत लञ्च गरे। दिल्लीमा आयोजित यस कार्यक्रममा प्रसार भारतीका अध्यक्ष नवनीत सहगल र सीईओ गौरव द्विवेदी उपस्थित थिए।
जय महाकुम्भ नामक यस गीतलाई रतन प्रसन्नाले गाएका छन्। यसको संगीत सन्तोष नाहर र रतन प्रसन्नाले दिएका छन्। यो गीत अभिनय श्रीवास्तवले लेखेका हुन्।
उल्लेखनीय छ, हिन्दुहरूको आस्थाको उत्सव महाकुम्भ आगामी 13 जनवरीदेखि 26 जनवरीसम्म प्रयागराजमा आयोजन हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल