पटना, 07 जनवरी (हि.स.)। बिहार लोक सेवा आय़ोग (बीपीएससी) को 70औं प्रारम्भिक परीक्षालाई रद्द गर्न आन्दोलनरत अभ्यर्थीहरूको समर्थनमा 02 जनवरीदेखि अनशनमा बसेका जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर सोमवार अबेर राति अस्वस्थ भए। यसपछि उनलाई आज जयप्रभा मेदान्ता अस्पतालमा भर्ती गराइयो।
यस अगाड़ी मेदान्ताका चिकित्सक डा. अजीत प्रधानले प्रशान्त किशोरको चेकअप गरेका थिए। यसपछि व्यापक चिकित्सा जाँचको निम्ति प्रशान्त किशोरलाई अस्पतालमा भर्ती गराइएको छ। उनलाई एम्बुलेन्समा पटनाको निजी अस्पताल मेदान्ता लगियो। अस्पताल जान अगाड़ी उनले संवाददाताहरूसित कुराकानीमा उनको आमरण अनशन जारी रहने भने।
उल्लेख्य, गत हप्ता गान्धी मैदानमा आमरण अनशन गरेकोमा उनी विरूद्ध एफआईआर दर्ता गरिएपछि पटना पुलिसले सोमवार भोर बिहानी 4 बजी प्रशान्त किशोरलाई पक्राउ गरेको थियो। पटना उच्च न्यायालयको आदेश अनुसार, शहरमा गर्दनीबाग क्षेत्र बाहेक अन्य कुनै ठाउँ यस प्रकारको कुनै प्रदर्शन गर्न मिल्दैन। यस आदेश अनुसार उनलाई बिना शर्त जमानतमा रिहा गरियो।
उनले गत महिना प्रश्नपत्र लीकको आरोपहरूबीच आयोजित बिहार लोक सेवा आय़ोग (बीपीएससी) को 70औं पीटी परीक्षालाई रद्द गर्ने मागलाई लिएर अभ्यर्थीहरूको विरोध-प्रदर्शनको समर्थनमा 02 जनवरीदेखि अनशन शुरू गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी