भारतमा ग्रामीण गरीबी घटेर 5 प्रतिशतभन्दा पनि कम भयो- प्रधानमन्त्री
भारतमा ग्रामीण गरीबी घटेर 5 प्रतिशतभन्दा पनि कम भयो- प्रधानमन्त्री


नयाँ दिल्ली, 04 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको विकासको अदेखा गरेको र गरीबी हटाउने केवल नारा लगाउनुलाई लिएर पछिल्ला सरकारहरूलाई लक्षित गरेका छन्। उनले भनेका छन्, 2014 देखि उनी ग्रामीण भारतको सेवामा खटिएका छन् र त्यसैको परिणाम हो कि आज ग्रामीण भारतमा ग्रामीण गरीबी 5 प्रतिशतभन्दा तल आएको छ।

प्रधानमन्त्रीले नयाँ दिल्लीको भारत मण्डपममा शनिवार ग्रामीण भारत महोत्सव-2025 को उद्घाटनपछि भने, ग्रामीण भारत महोत्सवको साथ वर्षको शानदार शुरूआत भारतको विकास यात्रालाई दर्शाउँछ र एक विशिष्ट पहिचान बनाउँछ। उनले यस कार्य़क्रमको आयोजनाको निम्ति राष्ट्रिय कृषि र ग्रामीण विकास ब्याङ्क (नाबार्ड) र अन्य योगदानकर्ताहरूलाई बधाई दिए। उनले एसबीआईको ताजा शोध रिपोर्टको उल्लेख गर्दै भने, हिजो मात्र स्टेट ब्याङ्क अफ इण्डियाको रिपोर्ट आएको छ, जस अनुसार, 2012 मा भारतमा ग्रामीण गरीबी लगभग 26 प्रतिशत थियो। जबकि 2024 मा ग्रामीण गरीबी घटेर 5 प्रतिशतभन्दा पनि कम भएको छ।

कांग्रेसको गरीबी हटाऊ नारामाथि कटाक्ष गर्दै उनले भने, सालौंदेखि गरीबी हटाऊको नारा सुनिन्दै आईरहेको छ तर अब वास्तवमा गरीबी कम भएको छ। पहिलेका सरकारहरूले एससी-एसटी-ओबीसीको आवश्यकताहरूतिर ध्यान दिएनन्। गाउँबाट पलायन भइरह्यो, गरीबी बढ्दै गयो, गाउँ र शहर बीचको फाटो बढ्दै गयो। जसलाई कसैले सोधेन, त्यसको मोदीले खयाल गरेको छ। जुन क्षेत्र दशकौंदेखि विकासदेखि वञ्चित थिए, अब त्यसलाई बराबरीको हक हासिल भइरहेको छ। अनुसूचित जाति, अनुसूचित जनजाति र पछौटे जातिका अधिकतर जनसंख्या गाउँहरूमा बस्छन्। दुर्भाग्यले पछिल्ला सरकारहरूले उनीहरूको आवश्यकताहरूलाई अदेखा गऱ्यो तर मोदीले यी गाउँहरूलाई सशक्त बनाइऱहेको छ र त्यसमाथि ध्यान केन्द्रित गरिरहेको छ, जुन पहिले उपक्षित थिए।उनले भने म 2014 देखि ग्रामीण भारतको सेवामा खटिएको छु। सरकारको गाउँलेहरूलाई गरिमापूर्ण जीवन दिनु सरकारको प्राथमिकता हो। हाम्रो लक्ष्य गाउँहरूलाई विकास र अवसरको जीवन्त केन्द्रहरूमा परिणत गरी ग्रामीण भारतलाई सशक्त बनाउनु हो। पीएम-किसान योजना अन्तर्गत किसानहरूलाई 3 लाख करोड़ रूपियाँको वित्तीय सहायता दिइएको छ। गत 10 वर्षमा कृषि ऋण 3.5 गुणा बढ़ाइएको छ। देशमा तीन करोड़ महिलाहरूलाई लखपति दिदी बनाउने लक्ष्य राखिएको छ र अहिलेसम्म 1.15 करोड़ ग्रामीण महिलाहरू लखपति दिदी बनिसकेका छऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande