साइबर क्राइमको चपेटमा परेर गुमाए लगभग पॉंच लाख
साइबर क्राइमको चपेटमा परेर गुमाए लगभग पॉंच लाख


गान्तोक, 08 जनवरी (हि.स.)। राजधानी गान्तोकको आम्दो गोलाई, तादोङ निवासी एक व्यक्तिले साइबर क्राइमको फन्दामा परेर लाखौं रूपियॉं गुमाएका छन्। यस घटनाको सन्दर्भमा सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, पीडित व्यक्तिलाई गत 2 जनवरीका दिन ब्याङ्कको नाममा एउटा टेक्स्ट म्यासेज प्राप्त भयो, जसमा एउटा लिङ्कमा क्लिक गर्न लगाइएको थियो। उनले लिङ्क खोलेर आफ्ना जानकारीहरू भरे, तर वेबसाइट लगइन् गर्न सकेनन्।

त्यसपछि, राति 10:30 देखि 11:00 बजी उनलाई दुईवाट म्यासेज प्राप्त भयो, जसमा उनको ब्याङ्क खाताबाट 4,47,000 रूपियॉं र 50,000 रूपियॉं निकालेको जानकारी थियो। उनले कस्टमर केयर र नेशनल साइबर क्राइम रिपोर्टिङ पोर्टलमा शिकायत दर्ता गराएका छन्।

पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande