माकपाद्वारा पैह्रो प्रभावित क्षेत्रहरुमा‌ राहत सामग्रीहरु वितरण
माकपाद्वारा पैह्रो प्रभावित क्षेत्रहरुमा‌ राहत सामग्रीहरु वितरण


यस आपदालाई नेशनल डिजास्टर घोषणा गरिनुपर्छ ताकि राशि आउन सकोस्: समन पाठक

सोनादा, 12 अक्टोबर (हि.स.)। मार्क्सवादी कम्युनिष्ट पार्टी अफ् इण्डियाद्वारा सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको पैह्रो प्रभावित फूलबारी होप टाउन र रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रमा राहत सामग्रीहरु वितरण गरिएको छ।‌ पैह्रो पीडित परिवारहरुलाई राहत सामग्रीहरु वितरण कार्यमा माकपाको दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठक पनि उपस्थित थिए।

पाठकको अगुवाईमा टोलीले सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको पैह्रो प्रभावित फूलबारी होप टाउन र रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रमा राहत सामग्रीहरु वितरण गरेको छ। राहत सामग्रीहरु वितरण कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै माकपा‌ दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले यस प्राकृतिक प्रकोपमा पुनर्वास मुख्य विषय बनेको बताउँदै आफुहरुले यस विषयमा जिल्ला शासकलाई पत्राचार गरेर पैह्रो प्रभावित परिवारहरुलाई चियाबारीको‌ सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग गरेको बताए।

उनले यस आपदाको निरीक्षणमा‌ आउने जनप्रतिनिधिहरुले पुनर्वासको पहल झट्टै गर्नुपर्छ किनभने यो कुरा अहिले मुख्य बनेको बताए। उनले यस प्रकोपलाई नेशनल डिजास्टर घोषणा गरिनुपर्छ ताकि राशि आउन सकोस्।‌ उनले पहाडी क्षेत्रमा केन्द्रले ल्याण्डस्लाइड रिसर्च स्टडिज सेन्टर खोल्नुपर्छ जुन आफु सांसद हुँदा पनि माग गरेको‌ बताए। उनले यो आपदाको समयमा केन्द्रले स्पेशियल प्याकेज दिनुपर्छ र राज्यले पीडितहरुका लागि घर बनाइदिनु पर्छ भनी माग गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande