ठगीको मामिलामा दुई आरोपी पक्राउ
ठगीको मामिलामा दुई आरोपी पक्राउ


नयाँ दिल्ली, 13 अक्टोबर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको साइबर थाना पुलिसले अनलाइन नोकरी दिलाउने नाममा ठग्ने गिरोहको भण्डाफोर गर्दै दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान दिल्ली निवासी मोहम्मद अकबर (32) र रूपेन्द्र कुमार (36)-को रूपमा भएको छ। आरोपीहरूले नक्कली वेबसाइट र जब कन्सलटेन्ट भएर मानिसहरूबाट रुपियाँ लिने गर्दथे।

बाहिरी उत्तरी जिल्ला पुलिसउपायुक्त हरेश्वर स्वामीले समोवार बताए, रोहिणी सेक्टर-28 निवासी सिकायतकर्ता एकजना महिलाले बताएकी थिइन्, उनलाई एक व्यक्तिले ‘स्टेप्स 4 करियर.कम’- को नामबाट नोकरी दिलाउने प्रलोभन देखायो अनि “प्यानल एडभोकेट”- को पोस्टको लागि 39,498 रुपियाँ विभिन्न शुल्कहरूको रूपमा असुल्यो, तर भुक्तानपछि न त नोकरी दियो, न पैसा फर्कायो। सिकायतमा मामिला दर्ता गरियो।

इन्स्पेक्टर गोविन्द सिंहको अगुवाईमा पुलिस टीमले तकनिकी निगरानीको माध्यमबाट पत्तो लगायो, ठगीको रकम एक्सिस ब्यांक र एयू स्मल फाइनेन्स ब्यांकको खातामा ट्रान्सफर गरिएको थियो। पुलिसले गुप्त सूचनाको आधारमा अकबर र रूपेन्द्रलाई दिल्लीबाट पक्राउ गऱ्यो भने तेस्रो आरोपी प्रद्युमन पाण्डे भागेको छ। आरोपीहरूबाट दुईवटा

मोबाइल फोन, ब्यांक पासबुक, चेकबुक र सिम कार्ड जफत गरिएको छ। पुलिसले जनतासित अपील गरेको छ, उनीहरू नक्कली वेबसाइट र व्हाट्सएप सन्देशहरूको माध्यमबाट आउने जब अफरदेखि सतर्क रहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande