
डिब्रुगढ (असम), 24 अक्टोबर (हि.स.)। असमको नाहरकटियास्थित जयपुरमा शनिवार भएको भीषण आगलागीमा तिलैजान चिया कारखानाको आवासीय क्षेत्रमा अवस्थित नौ वटा क्वार्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा लाखौँको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।
प्राप्त जानकारी अनुसार द्रुत गतिमा फैलिएको आगोले हेर्दा-हेर्दै आवासीय क्षेत्रका नौ वटा क्वार्टरहरूलाई आफ्नो चपेटमा लियो। यस भयानक आगलागीमा सम्बन्धित घरहरूलाई ठूलो क्षति पुगेको छ भने घरभित्र राखिएका घरायसी सामानहरू पनि नष्ट भएका छन्।
घटनाको सूचना पाउनसाथै तुरुन्तै फायर ब्रिगेडको टोली घटनास्थलमा पुग्यो। दमकलकर्मीहरूले स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रण गरे। लामो सङ्घर्षपछि आगोलाई नियन्त्रणमा लिइयो।
आगलागीबाट प्रभावित परिवारहरूलाई ठूलो क्षति बेहोर्नु परेको छ। तथापि आगलागीको सही कारण र मोठ क्षतिको विस्तृत मूल्याङ्कन अझै खुलासा हुन सकेको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा