सियाङ्ग जलविद्युत परियोजनाको विरोधमा हिंसा, पासिघाटको थाना र एनएचपीसी कार्यालयमा आगलागी
File photo.


पासिघाट (अरुणाचल प्रदेश), 24 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशमा प्रस्तावित सियाङ्ग अप्पर बहुउद्देशीय जलविद्युत परियोजनाको विरोधमा पासिघाटमा हिंसा भड्किएको छ। प्रदर्शनकारीहरूले पुलिस थाना, एनएचपीसी कार्यालय एवं पुलिस तथा सुरक्षा बलहरूका सात वटा वाहनमा आगो लगाइदिए। हिंसा अवधि धेरै जना सुरक्षाकर्मीहरू पनि घाइते भएको बताइएको छ।

उल्लेखनीय छ, यस परियोजनाको विरोधमा धेरै वटा सङ्गठनहरूले शुक्रवार सियाङ्ग, पूर्वी सियाङ्ग र अप्पर सियाङ्ग जिल्लाहरूमा बन्दको आह्वान गरेका थिए। विभिन्न क्षेत्रहरूमा बन्दको व्यापक प्रभाव देखिए पनि शुरूमा पासिघाट यसबाट अप्रभावित रह्यो। तीनै जिल्लाहरूमा बन्दको कार्यक्रम साँझ 5 बजे समाप्त भयो, तर पूर्वी सियाङ्ग जिल्लाको पासिघाटमा भने तनाउ कायम रह्यो।

जानकारी अनुसार राणाघाट तिनियालीमा प्रदर्शनकारीहरूले पुलिस र सुरक्षा बलका धेरैवटा वाहनहरूमा आगो लगाइदिए। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई रोक्ने प्रयास गर्दा भीड़ले तिनीहरूमा ढुङ्गा हान्यो।

उक्त घटनामा धेरै जना सुरक्षाकर्मीहरू गम्भीर घाइते भए। स्थिति बिग्रँदै जाँदा पुलिस र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई तितर-बितर पार्न अश्रु ग्याँसको गोला दागे। यसबीच प्रदर्शनकारीहरूले पासिघाट पुलिस चौकी र एनएचपीसीको अस्थायी कार्यालयमा पनि आगो लगाइदिए। पुलिसका सात वटा वाहनमा आगो लगाइदियो।

पासिघाट जनरल अस्पताल अगाडि पनि स्थिति तनाउपूर्ण रह्यो।

घटनापछि प्रशासनले उक्त क्षेत्रमा सुरक्षाको कड़ा व्यवस्था गरेको छ। स्थितिलाई नियन्त्रण गर्न सुरक्षा बलहरूको तैनाथीलाई बढाइएको छ।

--------

/ बिशाल


 rajesh pande