मप्रको खण्डवामा राष्ट्रिय किशोर कुमार सम्मान अलंकरण समारोह आज
जोशी


भोपाल, 14 अक्टोबर (हि.स.)। मध्य प्रदेश शासन, संस्कृति विभागद्वारा जिल्ला प्रशासन खण्डवाको सहयोगले प्रतिवर्षानुसार यस वर्ष पनि हरफनमौला कलाकार किशोर कुमारको पुण्य स्मरणको अवसरमा राष्ट्रिय किशोर कुमार सम्मान अलंकरण समारोहको आय़ोजन गरिँदैछ। यस दुई दिवसीय समारोहमा आज राष्ट्रिय किशोर कुमार सम्मान अलंकरणले सुविख्यात गीतकार प्रसून जोशीलाई अलंकृत गरिनेछ।

संस्कृति संचालक एनपी नामदेवले बताए, यो कार्यक्रम राति 8.30 बजीदेखि शुरू हुनेछ। समारोहमा मुख्य अतिथि मुख्यमन्त्री डा. मोहन यादवको भर्चुअली उपस्थितिमा किशोर कुमार सम्मान प्रदान गरिनेछ। कार्यक्रममा जनजातिय कार्यमन्त्री कुंवर विजय शाह, सांसद ज्ञानेश्वर पाटिल, विधायक नारायण सिंह पटेल, कंचन मुकेश तन्वे एवं विछाया गोविन्द मोरेको गरिमामयी उपस्थिति रहनेछ। अलंकरणपछि मुम्बईको हेमन्त कुमार म्यूजिकल ग्रुपद्वारा किशोर कुमारका गीतहरूको सुमधुर प्रस्तुति दिइनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

सिनेमा जगतका 27 दिग्गजहरूको अहिलेसम्म भयो सम्मान

संस्कृति संचालक नामदेवले बताए, संस्कृति विभागद्वारा महान गायक कलाकार किशोर कुमाकरको स्मृतिमा यो सम्मान वर्ष 1997 देखि लगातार प्रदान गरिँदैछ। अहिलेसम्म 27 विभूतिलाई यस सम्मानले अलंकृत गरिएको छ। यस अन्तर्गत सम्मान स्वरूप 5 लाख रूपियाँको करमुक्त राशि एवं सम्मान पट्टिका प्रदान गरिन्छ। यो सम्मान अभिनय, पटकथा लेखन, गीत लेखन एवं निर्देशनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा प्रदान गरिन्छ। 1997-1998 देखि लिएर अहिलेसम्म 7-7 निर्देशक, अभिनेता, पटकथाकारहरूलाई सम्मान प्रदान गरिएको छ। वर्ष 2024-25 को किशोर कुमार सम्मान गीत लेखक प्रसून जोशीलाई प्रदान गरिनेछ। प्रसून जोशी 28औं किशोर कुमार सम्मानले सम्मानित हुने 7औं गीतकार हुनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande