बिहार विधानसभा चुनाउः भाजपाले 71 उम्मेदवारको पहिलो सूची जारी गऱ्यो
भाजपा


पटना, 14 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउ-2025 को निम्ति भारतीय जनता पार्टी (भाजपा) ले मंगलवार आफ्नो उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ। पहिलो सूचीमा 71 उम्मेदवारको नाम सामेल छ।

पटनामा आय़ोजित पत्रकार वार्तामा पार्टीका वरिष्ठ नेताहरूले उम्मेदवारहरूको नामहरूको औपचारिक घोषणा गरे। ऱाष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को अहम घटक दलको रूपमा भाजपाले यस पाली जनता दल (यूनाइटेड) र अन्य सहयोगी दलहरूको साथ मिलेर चुनावी मैदानमा उर्लिनेछ। राजगमा भएको सीट विभाजन अन्तर्गत भाजपाले यस पाली 101 सीटमा चुनाउ लड्नेछ।

भाजपाको सीट र उम्मेदवारहरूको सूची

बेतियाबाट रेणु देवी, रक्सौलबाट प्रमोद कुमार सिन्हा, पिपराबाट श्यामबाबू प्रसाद यादव, मधुबनबाट राणा रणधीर सिंह, मोतिहारीबाट प्रमोद कुमार, ढाकाबाट पवन जायसवाल, रीगाबाट बैद्यनाथ प्रसाद, बथनाहाबाट अनिल कुमार राम, परिहारबाट गायत्री देवी, सीतामढ़ीबाट सुनील कुमार पिन्टू, बेनीपट्टीबाट विनोद नारायण झा, खजौलीबाट अरुण शंकर प्रसाद, बिस्फीबाट हरिभूषण ठाकुर बचौललाई टिकट दिइएको छ।

भाजपाको तर्फबाट राजनगरबाट सुजीत पासवान, झंझारपुरबाट नीतीश मिश्रा, छातापुरबाट नीरज कुमार बबलू, नरपतगंजबाट देवन्ती यादव, फारबिसगंजबाट विद्या सागर केसरी, सिकटीबाट विजय कुमार मंडल, किशनगंजबाट स्वीटी सिंह, बनमनखीबाट कृष्ण कुमार ऋषि, पूर्णियाबाट विजय कुमार खेमका, कटिहारबाट तारकिशोर प्रसाद, प्राणपुरबाट निशा सिंह, कोढ़ाबाट कविता देवी, सहरसाबाट आलोक रंजन झा, गौरा-बौरामबाट सुजीत कुमार सिंह र दरभंगाबाट संजय सरावगीलाई दिइएको छ।

यसैगरी केवटीबाट मुरारी मोहन झा, जालेबाट जिवेश कुमार मिश्रा, औराईबाट रमा निषाद, कुढ़नीबाट केदार प्रसाद गुप्ता, बरुराजबाट अरुण कुमार सिंह, साहेबगंजबाट राजू कुमार सिंह, बैकुंडपुरबाट मिथिलेश तिवारी, सिवानबाट मंगल पांडेय, दरौंदाबाट कर्णजीत सिंह, गोरेयाकोठीबाट देवेश कान्त सिंह, तरैयाबाट जनक सिंह, अमनौरबाट कृष्ण कुमार मंटू, हाजीपुरबाट अवधेश सिंह, लालगंजबाट संजय कुमार सिंह, पातेपुरबाट लखेन्द्र कुमार रौशन, मेहिउद्दीननगरबाट राजेश कुमार सिंह, मछवाराबाट सुरेन्द्र मेहता, तेघराबाट रजनीश कुमार र बेगूसरायबाट कुन्दन कुमारलाई भाजपाको उम्मेदवार बनाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande