छत्तीसगढ़को बीजापुरमा नक्सलीहरूको विस्फोटक बनाउने समान र 5 आईईडी जफत
छत्तीसगढ़


बीजापुर, 14 अक्टोबर (हि.स.)। छत्तीसगढ़को बीजापुरमा सुरक्षाबलहरूका जवानहरूले मंगलवार नक्सलीहरूद्वारा लुकाएर राखिएको प्रचुर मात्रामा विस्फोटक सामग्री जफत गरेका छन्। यति मात्र होइन सर्चिङमा नक्सलीहरूद्वारा सुरक्षाबलहरूलाई नोकसान पुऱ्याउन लगाइएको 5 प्रेशर आईईडी पनि जफत गरियो। बीजापुरका एसपी जितेन्द्र यादवले यसको पुष्टि गरेका छन्।

एसपीले बताए, सुरक्षाबलहरूको सतर्कताले नक्सलीहरूको एक ठूलो षड़यन्त्रलाई समय रहँदै विफल गरियो। जफत गरिएको समानबाट स्पष्ट हुन्छ कि नक्सलीले सुरक्षाबलहरूलाई गम्भीर क्षति पुऱ्याउने योजना बनाइरहेका थिए। यद्यपि, सुरक्षाबलहरूको त्वरित कारबाहीले उनीहरूको मनसायमा पानी फेरिदियो। अहिले क्षेत्रमा लगातार सर्चिङको कारबाही जारी छ।

पुलिस अनुसार, ताड़पाला बेस क्याम्पबाट कोबरा 206, केरिपु 229, 153 एवं 196 को संयुक्त टीमद्वारा गरिएको अभियानमा नक्सलीहरूद्वारा लुकाएर राखिएको विस्फोटक सामग्री र बीजीएल बनाउने सामग्री जफत गरियो। जफत गरिएको सामग्रीमा 51 नग जिउँदो बीजीएल, 100 बन्डल एचटी एल्युमिनियम तार, 50 नग स्टील पाइप, प्रचुर मात्रामा बिजुलीको तार, 20 नग फलामको शीट र 40 नग फलामको प्लेट सामेल छ। यस बाहेक नक्सलीहरूद्वारा लगाइएको 5 नग प्रेशर आइईडी जफत गरियो, जसलाई बीडीएस टीमको मद्दतले सुरक्षित रूपमा नष्ट गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande