बाबा केदारनाथ धाममा पहिलोपल्ट स्वयंसेवकहरूको पथ संचलन
पथ


रूद्रप्रयाग, 14 अक्टोबर (हि.स.)। हिमालयको मेरू र सुमेर पर्वत श्रृंखलाहरूको तलहटीमा विराजमान बाबा केदारनाथमा पहिलो पल्ट राष्ट्रिय स्वयंसेवक संघका स्वयंसेवकहरूले पथ संचलन निकाले। घाटीमा राष्ट्रभक्ति नै देव भक्ति, देव भक्ति नै राष्ट्र भक्ति हो, जस्ता नारा गुञ्जियो।

संघको शताब्दी वर्षको अवसरमा बाबा केदार धाममा पहिलो पल्ट 106 गणवेशधारी स्वयंसेवकहरूले पथ संचलन गरे। यस अवसरमा प्रान्त सेवा प्रमुख पवनले भने, उत्तराखण्डको चारधाममा प्रमुख केदारनाथ धाममा पथ संचलन अनौठो अनुभव रह्यो। हामी सबैले समाजलाई एकजुट बनाउने औं सनातनी परम्पराहरूको संरक्षणको निम्ति मिलेर काम गर्नुपर्नेछ। धाममा मुख्य पुजारी बागेश्व लिंगले पनि आफ्नो विचार राखे।

यस अवसरमा जिल्ला संघचालक तेजपाल खत्री, जिल्ला प्रचारक पंकज, विभाग सेवा प्रमुख जगदीश जग्गी, जिल्ला कार्यवाह शैलेन्द्र गौड़, खंड संघचालक दलवीर पुजारी, रोशन त्रिवेदी, लक्ष्मण बिष्ट, योगेन्द्र सेमवाल केदार सभाका अध्यक्ष राजकुमार तिवारी, अंकित सेमवाल प्रदीप त्रिवेदी, पंकज शुक्लाको साथ समस्त सामान्य जन, सन्त समाज, तीर्थ पुरोहित समाजका मानिसहरू उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande