दुर्गापुर सामूहिक दुष्कर्म पीड़ित छात्रालाई फोन गरी भने ओडिशाका मुख्यमन्त्रीले- राज्य सरकार पूर्ण रूपमा तिम्रो साथ छ
दुर्गापुर सामूहिक दुष्कर्म पीड़ित छात्रालाई फोन गरी भने ओडिशाका मुख्यमन्त्रीले- राज्य सरकार पूर्ण रूपमा तिम्रो साथ छ


भुवनेश्वर, 14 अक्टोबर (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले सोमवार अबेर साझँ पश्चिम बंगालको दुर्गापुरमा सामूहिक दुष्कर्मकी शिकार ओडिशाकी युवती, उसकी आमा र त्यहाँ आएकी ओडिशा राज्य महिला आय़ोगकी अध्यक्ष शोभना महान्तीसित फोनमा कुराकानी गरे।

मुख्यमन्त्रीले पीड़ितालाई हौसला दिँदै भने, चिन्ता नगर, ओडिशा सरकार पूर्ण रूपमा तिम्रो साथ छ। उनले युवती शीघ्र स्वस्थ हुने र उसको शिक्षाको व्यवस्था सुनिश्चित गर्ने आश्वसान दिए। साथै भने, दोषीहरूले छिटोभन्दा छिटो सजाय पाओस् भनी राज्य सरकारले सुनिश्चित गर्नेछ। माझीले पीड़िताकी आमासित पनि कुराकानी गरे औं र उनलाई भरोसा दिलाए कि अपराधीहरूलाई शीघ्र र उदाहरणात्मक दण्ड दिलाउन ओडिशा सरकार पूर्ण रूपमा प्रय़ासरत छ।

मुख्यमन्त्रीले महिला आय़ोगकी अध्यक्ष शोभना महान्तीसित पनि चर्चा गरे औं उनलाई पश्चिम बंगाल सरकारको साथ लगातार सम्पर्क बनाएर राख्ने तथा पीड़ितालाई शीघ्र न्याय दिलाउन हर सम्भव प्रय़ास गर्ने निर्देश दिए। दोषीहरूमाथि दबाउ बनाउन सबै मंचहरूको उपयोग गरिनेछ उनले भने।

ज्ञात होस्, पीड़ित वर्तमानमा उपचाराधीन छन्। यस अगाड़ी मुख्यमन्त्री माझीले पीड़िताको पितासित पनि कुरा गरिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande