नयाँ दिल्ली, २० अक्टोबर (हि.स.)।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले आज बिहान भारत र विदेशमा बसोबास गर्ने सबै भारतीयहरूलाई दिपावलीको शुभकामना दिएका छन्। सबैले आफ्नो बधाई सन्देश ‘एक्स’ मार्फत साझा गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुको आधिकारिक एक्स अकाउन्टअनुसार, उनले दियोको यस पवित्र अवसरमा भारत र विदेशमा रहेका सबै भारतीयहरूलाई बधाई तथा शुभकामना दिएकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, “सबै देशवासीहरूलाई दिपावलीको हार्दिक शुभकामना। प्रकाशको यो पावन पर्वले सबैको जीवन सुख–समृद्धि र सौहार्दले आलोकित गरोस्, यही कामना गर्दछु।”
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले एक्समा लेखेका छन्, “प्रकाश र उल्लासको पर्व दिपावलीको सबैलाई हार्दिक शुभकामना। प्रभु श्रीरामसँग सबैको स्वास्थ्य र धनधान्यका लागि प्रार्थना गर्दछु।”
विदेशबाट पनि शुभकामना सन्देशहरू आउन थालेका छन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले पनि एक्समार्फत दिपावलीको शुभकामना दिएका छन्।
--------------
हिन्दुस्थान समाचार / बिशाल