काली पूजापूर्व कोलकाताको हावा प्रदूषित, प्रदूषण स्तर 238 सम्म पुग्यो
काली पूजापूर्व कोलकाताको हावा प्रदूषित, प्रदूषण स्तर 238 सम्म पुग्यो


कोलकाता, 20 अक्टोबर (हि.स.)। काली पूजा अगाड़ि कोलकाताको हावाको गुणस्तर चिन्ताजनक स्तरमा पुगेको छ। शहरका केही भागहरूमा वायु गुणस्तर सूचकांक अर्थात वायु प्रदूषणको स्तर ‘खराब’ श्रेणीमा दर्ता गरियो।

पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डका एकजना अधिकारीले बताए, केही स्थानहरूमा एक्यूआई सूचकांक 178 देखि माथि अर्थात ‘मध्यम’ श्रेणीमा रह्यो भने अन्य स्थानहरूमा यो स्तर 102-देखि 150बीच दर्ता गरियो।

भिक्टोरिया मेमोरियल क्षेत्रमा आइतवार राती 8 बजे सूचकांकको स्तर 238 सम्म दर्ता गरियो भने बालीगञ्जमा 155, चेतलामा 158, जादवपुरमा 186 औ माणिकतलामा 171 रह्यो। यी सबै स्तरलाई पर्यावरण मानक अनुसार “खराब” मानिन्छ। यसरी नै बिधाननगरमा 105, फोर्ट विलियममा 134 औ पार्क स्ट्रीट क्षेत्रमा 149- को स्तर रेकर्ड गरियो।

पर्यावरणविद सोमेन्द्र मोहन घोषले चेताउनी दिए, “संवेदनशील समूहहरूमा तत्कालै स्वास्थ्य प्रभाव देखिनसक्छ जबकि सामान्य मानिसहरूलाई पनि श्वास-प्रश्वासमा कठिनाई अनि गल पोल्ने जस्तो समस्या हुनसक्छ।”

प्रदूषण नियन्त्रण बोर्डका अधिकारीले बताए, “दक्षिण-पश्चिम मनसुन फर्किएकोले अनि शुष्क मौसमको कारणले हावामा रहेका सुक्ष्म कणहरू माथि जान सकिरहेको छैन जसले गर्दा प्रदूषणको स्तर बढ़ेको हो। अहिले त तिहारको सिजन शुरू भएकै छैन। त्यसैले हरेक पटाकाको प्रयोग अत्यन्त सीमित होस्। तथापि पुलिस र प्रदूषण नियन्त्रण बोर्डका टीमहरू सतर्क छन् अनि निरन्तर निगरानी राखिरहेका छन्।”

विशेषज्ञहरू अनुसार, ‘खराब’ वायु (201-300 बीच)-को सम्पर्कमा लामो समयसम्म बस्यो भने सास सम्बन्धी समस्याहरू उत्पन्न हुन्छ जबकि ‘अत्यन्तै खराब’ वायु (301- 400 बीच)-मा लामो समयसम्म बस्नाले श्वास सम्बन्धि रोगहरूको कारण बन्नसक्छ। यसरी नै गम्भीर’ वायु (401- 500 बीच)-ले स्वस्थ मानिसहरूलाई समेत प्रभावित पार्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande