श्रीनगर, 20 अक्टोबर (हि.स.)। नेशनल कन्फ्रेन्स (एनसी)- का मुख्य प्रवक्ता तनवीर सादिकले सोमवार भने, जम्मू-कश्मीरमा आगामी 24 अक्टोबरमा हुन गइरहेको राज्यसभा चुनाउमा पार्टीले सबै चारै वटा सीटमा जीत हासिल गर्नेछ।
श्रीनगरमा पत्रकारहरूसित बातचित गर्दै सादिकले भने, उनको मान्यतामा यदि कसैले उनको लागि भोट गर्छ भने उ उनको मित्र हो कुनै प्रतिद्वन्द्वि होइन। आगामी 24 अक्टोबरको दिन केही आश्चर्य हुनेछ। एनसीले सबै चार वटा सीट जित्नेछ।
उनले भने, राज्यसभा चुनाउमा एनसीलाई ती मानिसहरूबाट पनि समर्थन प्राप्त हुनेछ जो गठबन्धनमा सामेल छैनन्। हामीसित यसपाली नगरोटा सीट जित्ने मौका पनि छ। पार्टी उम्मेद्वार शमिम बेगमले पछिल्लो चुनाउमा राम्रै संख्यामा भोट पाएकी थिइन्। कंग्रेसले पनि हामीलाई समर्थन गर्नेछ। केही यस्ता खबरहरू पनि आइरहेका छन्, भाजपादेखि असन्तुष्ट मानिसहरूले पनि हामीलाई नै समर्थन गर्नेछन्। हामीले गहन चर्चापछि बगडाम सीटको लागि आगा महमुदलाई पनि नामांकित गरेका छौं। हामीलाई दुवै सीट सुरक्षित हुने आशा छ।
एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले पीएसएमाथि गरेको टिप्पणीलाई लिएर उनले प्रश्न गरे, 2019-सालमा जम्मू-कश्मीरका मानिसहरूलाई दमन गरिरहेको बेला उनी कहाँ थिए? त्यसबेला उनी भाजपासित बसेका थिए र उनले केही भनेनन्। अब मानिसहरूको सेवा गर्ने समय आउँदा उनले आफ्नो औंली उठाइरहेका छन्। म उनीसित हैदराबादमा ध्यान केन्द्रित गर्ने अपील गर्न चाहन्छु। हामीलाई जनताको आदेश प्राप्त भएको छ र हामी आफ्नो काम गर्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा