एक देशी पेस्तोलको साथ दुई अभियुक्त पक्राउ
एक देशी पेस्तोलको साथ दुई अभियुक्त पक्राउ


भागलपुर, 20 अक्टोबर (हि.स.)। जिल्लाको जगदीशपुर थाना क्षेत्रको कोला नारायणपुर गाउँबाट पुलिसले एक देशी पेस्तोलको साथ दुई अभियुक्तलाई पक्राउ गरेको छ। उक्त जानकारी सोमवार एसएसपी कार्यालयको तर्फबाट दिइयो।

उल्लेख्य, वरीय पुलिस अधीक्षक भागपुरको निर्देशानुसार अवैध रक्सी, आर्म्स, मादक पदार्थ आदि जफत गर्न सघन पेट्रोलिङ एवं चोरी, छिनताईको हटस्पटमा छापामारी गरिँदैछ। सोही क्रममा गुप्त सूचना पाइयो कि जगदीशपुर थानान्तर्गत ग्राम-कोला नारायणपुरमा एक व्यक्तिद्वारा आफ्नो घरमा अवैध देशी पेस्तोल एवं जिउँदो कारतूस लुकाएर राखिएको छ।

उक्त सूचनाको सत्यापन एवं आवश्यक कारबाहीको निम्ति वरीय पुलिस अधीक्षकको निर्देशनमा एक टीमको गठन गरियो। सोही टीमद्वारा छापामारीको क्रममा दुई अभियुक्त संजय यादव र शीला देवीलाई एक देशी पेस्तोल एवं 1 जिउँदो कारतूसको साथ विधिवत पक्राउ गर्दै यसमा सामेल मुख्य आरोपी छठ्ठु यादवलाई पक्राउ गर्न छापामारी जारी छ।

यस सम्बन्धमा जगदीशपुर थानामा मामिला पञ्जीकृत गर्दै अग्रिम कारबाही जारी छ। छठ्ठु यादवको आपराधिक इतिहास रहेको छ। उ विरूद्ध जगदीशपुर थानामा लगभग आधा दर्जन मामिला दर्ता छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande