पुलिसकर्मीसित लाखौंको अनलाइन ठगीका तीन आरोपी पञ्जाबबाट पक्राउ
पुलिसकर्मीसित लाखौंको अनलाइन ठगीका तीन आरोपी पञ्जाबबाट पक्राउ


सिरसा, 20 अक्टोबर (हि.स.)। साइबर क्राइम थाना सिरसा पुलिसले साइबर ठगी मामिलामा तीन आरोपीलाई पक्राउ गरेको छ। साइबर थाना प्रबन्धक सुभाष चन्द्रले सोमवार बताए, पक्रा परेका आरोपीहरूको पहिचान रियास पीके पुत्र मुहम्मद पीएम, हसन सीनन एके पुत्र अबुबकर र रोहित कुमार पुत्र अशोक कुमार निवासी मोहाली पञ्जाबको रूपमा गरिएको छ।

थाना प्रबन्धकले बताए, हाल निवासी सिरसा विजय सिंह जो हरियाणा पुलिसमा कार्यरत छन्, उनले शिकायत दर्ता गरेका थिए कि उनलाई ब्याङ्क लोन अफरको एउटा सन्देश प्राप्त भयो। सन्देशलाई ब्याङ्क अधिकारीको मेसेज सम्झेर क्लिक गर्दा उनको मोबाइल ह्याक भयो। केही बेरपछि उनको ब्याङ्क खाताबाट सात लाख 10 हजार रूपियाँ निकासी गरियो। पुलिसले जाँचमा ब्याङ्क लेन-देनको पत्तो लगायो, जसमा इन्डसल्याण्ड ब्याङ्कको खाताबाट ठगीको राशिको लेन-देनको साक्ष्य हात पऱ्यो। यो खाता रियास पीके निवासी झिरकपुर मोहालीको नाममा पाइयो।

पुलिसले त्वरित कारबाही गर्दै तीनै आरोपी रियास पीके, हसन सीनन र रोहित कुमारलाई मोहाली पञ्जाबबाट पक्राउ गरेको छ। सोधपुछमा आऱोपीहरूदेखि 70 हजार रूपियाँ नगदी, एक चेकबुक, मोबाइल सिम र अन्य महत्वपूर्ण दस्तावेज जफत गरियो। तीनै आरोपीलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा पठाइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande