प्रयागराजमा चक्कुले प्रहार गरी पत्रकारको हत्या
प्रयागराजमा चक्कुले प्रहार गरी पत्रकारको हत्या


प्रयागराज, 24 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको प्रयागराजस्थित सिभिल लाइन थाना क्षेत्रमा पत्रकार एल.एन.सिंहको चक्कुले प्रहार गरी हत्या गरिएको छ। पुलिसले हत्याराहरूलाई समात्नका लागि प्रयागराजका सबै सीमाहरूलाई सील गरिदियो। त्यसपछि भिड़न्तमा पत्रकार हत्याकाण्डका मुख्य आरोपीलाई पुलिसले समात्यो।

घटनाको सूचना पाएर हर्ष होटल नजिक पुगेका पुलिस उपायुक्त (नगर) मनीष कुमार शाण्डिल्यले बताए, धूमनगञ्जको अलकापुरी कलोनी निवासी एल.एन. सिंह उपनाम पप्पूलाई गए बिहीवार राती सिभिल लाइन थाना क्षेत्रस्थित हर्ष होटल नजिक अज्ञात व्यक्तिले धारिलो चक्कुले प्रहार गरी घाइते बनाइदियो।सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले पप्पूलाई स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरायो जहाँ उपचारको क्रममा उनको मृत्यु भयो।

अतिरिक्त पुलिस आयुक्त अजय पाल शर्माले बताएका छन्, पत्रकार एल.एन. सिंहको हत्याको मुख्य आरोपी विशाल पुलिससित भएको भीड़न्तमा गोली लागेर घाइते भएको छ। उसलाई अस्तपालमा भर्ती गरिएको छ। हत्यामा सामेल अन्य दुईजना संदिग्धहरूको खोजीमा छापामारी भइरहेको छ। शर्माले अझ बताए, विशालसित जाँचबुझ गर् थाहा लाग्यो कि हत्यामा प्रयोग गरिएको औजार खुल्दाबाद थाना क्षेत्रबाट खरिद गरिएको हो। यो पनि जानकारी पाइएको छ, कुनै कुरालाई लिएर दुई दिनअघि विवाद भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande