छठ व्रतीहरूबीच पूजन सामग्री वितरण
छठ व्रतीहरूबीच पूजन सामग्री वितरण


सिलगढ़ी, 24 अक्टोबर (हि.स.)। चार दिनसम्म चल्ने आस्थाको महापर्व छठ पर्वको तयारीहरूलाई लिएर घाटहरूमा तयारी चलिरहेको छ। छठ पूजालाई ध्यानमा राख्दै सिलगढ़ी नगर निगमको 46 नम्बर वार्डमा शुक्रवार छठ व्रतीहरूबीच पूजन सामग्री र लुगा वितरण गरियो। सिलगढ़ीका मेयर गौतम देवले आफ्नो बाहुलीबाट छठ व्रतीहरूलाई पूजन सामग्री सुम्पे।

यस सम्बन्धमा मेयर गौतम देवले भने, सूर्य उपासनाको यो महापर्व मानव जीवनमा सकारात्मक रूपले आन्तरिक उर्जाको संचार गर्दछ, यस्तो स्थितिमा आस्थाको यस महापर्व छठमा छठ व्रतीहरूको सेवा र पूजन सामग्रीको वितरणले आत्मिक सुखको अनुभूति हुँदछ। जसले गर्दा हरेक साल सबै वार्डहरूमा छठ व्रतीहरूबीच पूजन सामग्री वितरति गरिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande