‘नहाए-खाए’ -बाट शुरू भयो छठ पर्व, मुख्यमन्त्री सरमाले दिए शुभकामना
‘नहाए-खाए’ -बाट शुरू भयो छठ पर्व, मुख्यमन्त्री सरमाले दिए शुभकामना


गुवाहाटी, 25 अक्टोबर (हि.स.)। सारा देश सहित असममा पनि चार दिवसीय लोक आस्थाको महापर्व छठ पूजाको शुरूआत आज ‘नहाए-खाए’ -बाट भयो। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, ‘नहाए-खाए’ छठ पूजाको पहिलो दिन हो जसलाई शरीर र मनको शुद्धिको प्रतीक मानिन्छ। सूर्य देव एवं छठी मइयाले सबै व्रतालु अनि उनहरूका परिवारहरूको मनोकामना पूर्ण गरिदिउन्। हार्दिक शुभकामना।”

छठ पर्वको पहिलो दिन ‘नहाए-खाए’ -को रूपमा मनाइन्छ जसमा व्रतालुहरूले शुद्ध आहार ग्रहण गरी व्रत आरम्भ गर्दछन्। त्यसपछि क्रमशः ‘खरना’, ‘साँझको अर्घ्य’ औ ‘भोर बिहानको अर्घ्य’ सितै यो पर्व सम्पन्न हु्न्छ।

गुवाहाटी समेत असमका विभिन्न भागहरूमा छठ घाटहरूको सफाई अनि सजावटको कार्य द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। स्थानी प्रशासनद्वारा सुरक्षा अनि स्वच्छताको विशेष प्रबन्ध गरिएको छ ताकि श्रद्धालुहरूले कुनै पनि प्रकारको असुविधा बिनै पूजा-अर्चना गर्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande