सिक्किमका 13 युवा बक्सरहरूले 69औं राष्ट्रिय विद्यालय खेल संघमा भाग लिने
Boxing team


गान्तोक, 25 अक्टूबर (हि.स.)। सिक्किमका बक्सरहरू अरुणाचल प्रदेशको इटानगरमा हुने 69औं राष्ट्रिय विद्यालय खेल संघ 2025 मा भाग लिन तयार छन्। राज्य खेलकुद एवं युवा मामिला विभागले उक्त प्रतियोगिता (अण्डर-17) को लागि 13 जना युवा बक्सरहरूको राज्य टोली छनोट गरेको छ, जसमा 10 जना केटा र 3 जना केटी सामेल छन्।

उक्त प्रतियोगिता आगामी 28 अक्टोबरदेखि 3 नोभेम्बर, 2025 सम्म अरुणाचल प्रदेशको इटानगरमा आयोजना हुनेछ। टोलीसँग दुई जना प्रशिक्षक र एक जना प्रबन्धक पनि रहनेछन्, जसले खेलाडीहरूलाई मार्गदर्शन र सहयोग गर्नेछन्।

यो गौरवमय उपलब्धि सिक्किम राज्य खेल विकास बोर्डका अध्यक्ष रिन्जिङ वाङ्ग्याल छोपेलको निरन्तर समर्थन, प्रेरणा र मार्गदर्शनका साथै खेलकुद एवं युवा मामिला विभागकी सचिव याङछेन डोमा तामाङ, अतिरिक्त निर्देशक आरबी विश्वकर्म, संयुक्‍त निर्देशक जिग्मी वाई. लेप्चा, सम्पूर्ण अधिकारीहरू र प्रशिक्षकहरूको प्रतिबद्ध प्रयासले सम्भव भएको विभागले बताएको छ।

यस अतिरिक्त, सिक्किमका पाँच जना अधिकारीहरू पनि उक्त प्रतियोगितामा निर्णायकको रूपमा चयन भएका छन्, जसले राष्ट्रिय स्तरमा सिक्किमको योगदान र पहिचानलाई अझ मजबुत बनाउने बताइएको छ। विभागले सम्पूर्ण सहभागी बक्सरहरू, प्रशिक्षकहरू, प्रबन्धक तथा अधिकारीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र सफलता प्राप्तिको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande