आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो
Jorethang patha sanchalan


गान्तोक, 25 अक्टूबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आफ्नो शताब्दी वर्ष (१९२५–२०२५) मनाउन वर्षव्यापी कार्यक्रम शुरु गरेको छ। यो कार्यक्रम विजय दशमी २०२६ सम्म सञ्चालन हुनेछ र देशभरिका विभिन्न स्थानमा विभिन्न गतिविधिहरू समेटिनेछन्, जसले संघको समृद्ध इतिहास र समाजप्रतिको योगदानलाई उजागर गर्नेछ।

यस क्रममा आज आरएसएस स्वयंसेवकहरूले जोरथाङमा ‘पथ सञ्चलन’ आयोजना गरेका छन्। नाम्ची र गेजिङ जिल्लाका स्वयंसेवकहरूले परम्परागत आरएसएस पोशाकमा पथ सञ्चलन’ मा सहभागी भए।

यस अवसरमा आरएसएसका वरिष्ठ नेतृत्वहरू र स्वयंसेवकहरूको उपस्थिती रहेको थियो। शताब्दी वर्षका कार्यक्रमहरूले राष्ट्रिय एकता, अनुशासन, र निःस्वार्थ सेवा जस्ता मूल्यहरूको प्रवर्द्धन गर्न लक्ष्य राखेको बताइएको छ, जुन आरएसएसका मूल सिद्धान्तहरू हुन्।

उल्लेखनीय छ, यस अघि आरएसएसले गान्तोकमा पथ सञ्चलन आयोजन गरेको दियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande