बंगालको खाड़ीमा नयाँ निम्न दबाव उत्पन्न हुने सम्भावना, दक्षिण बंगालमा वर्षा हुनसक्छ
बंगालको खाड़ीमा नयाँ निम्न दबाव उत्पन्न हुने सम्भावना, दक्षिण बंगालमा वर्षा हुनसक्छ


कोलकाता, 24 अक्टोबर (हि.स.)। बंगालकोखाड़ीमाएउटानिम्नचाप कमजोरबन्नको साथै मौसम वैज्ञानिकहरूले नयाँ निम्नचाप उत्पन्न हुने सम्भावना व्यक्त गरेका छन्। अनुमान छ, शुक्रवार दक्षिण-पूर्व बंगालको खाड़ीमा यो नयाँ निम्नचाप विकसित हुनेछ। मौसम विभागानुसार यस वर्ष अहिलेसम्ममा बंगालको खाड़ीमा 46 पटक निम्न दबाव उत्पन्न भइसकेको छ भने आजको एउटा जोड़्दा यसको संख्या 47 पुग्नेछ।

मौसम विभागले बतायो, नयाँ निम्नचापको प्रभावले कोलकाता सहित दक्षिण बंगालका सबै जिल्लाहरूमा शनिवार र आइतवार हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

वास्तवमा अण्डमान सागरमा विकसित चक्रवात पहिला उत्तर-पश्चिम तर्फ अगाड़ि बढ़्दै स्पष्ट निम्नचाप र त्यसपछि गहिरो निम्नचापमा परिवर्तन भएको थियो। मौसम विभागले अनुमान व्यक्त गरेको थियो, यो तन्त्र तमिलनाडु र आन्ध्रप्रदेशको सीमा नजिक मुख्य भूमिमा प्रवेश गर्नेछ, तर त्यस अगावै त्सको तीव्रता घट्दै गएर स्पष्ट निम्नचापमा परिणत भयो। शनिवारसम्ममा यो प्रणाली कर्णाटकदेखि माथि भएर गुज्रिँदै अरब सागरसम्म पुग्ने अनुमान छ।

यसबीचदक्षिण अण्डमान सागरको माथिबाट अर्को नयाँ चक्रवातीय परिसञ्चरण विकसित भएको छ जुन शनिवारसम्ममा दक्षिण-पूर्व अनि पूर्व-मध्य बंगालको खाड़ीदेखि माथि एक निम्नचापमा परिणत हुनसक्छ। अलिपुर मौसम कार्यालय अनुसार आगामी 24 घण्टाभित्रमा यो प्रणाली अझ सशक्त भएर स्पष्ट निम्नचापको रूप धारण गर्नसक्छ।

योनिम्नचाप पश्चिम–उत्तर–पश्चिम दिशा तर्फबढ़्दै भारतको दक्षिण-पूर्वी तट तर्फ जानेछ। तथापि मौसम विभागले स्पष्ट पारेको छ, यस प्रणालीले पश्चिम बंगालको मौसममा कुनै ठूलो प्रभाव पार्नेछैन। तथापि दक्षिण बंगालका15 वटा जिल्लाहरूमध्ये पूर्व र पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा शुक्रवारदेखि अनि अन्य जिल्लाहरूमा शनिवार र आइतवार छरिएको हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande