
कोलकाता, 24 अक्टोबर (हि.स.)। पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (डब्ल्यूबीएसएससी)- द्वारा राज्यका सरकारी स्कूलहरूमा शिक्षकहरूको नयाँ नियुक्ति प्रक्रिया अन्तर्गत जोन-जोनमा इन्टरभ्यु आयोजना गर्ने फसेलाई लिएर अब प्रश्न उठ्न थालेको छ।
यस नयाँ भर्ती प्रक्रियाको शुरुआत उच्चतम न्यायालयले यसै वर्षको प्रारम्भमा 25 हजार 753 वटा स्कूल नोकरीलाई रद्द गरेपछि गरिएको हो। माध्यमिक र उच्च माध्यमिक स्तरको लागि लिखित परीक्षा पहिला नै आयोजना भइसकेको छ जसको परिणाम शीघ्र जारी हुने सम्भावना छ। त्यसपछि इन्टरभ्यु प्रक्रिया शुरू हुनेछ।
एसएससीले समयको अभावलाई मध्यनजर गर्दै पाँच वटा जोनहरू क्रमैले दक्षिण, उत्तर, पूर्व, पश्चिम औ दक्षिण-पूर्वमा इन्टरभ्यु गराउने प्रस्ताव राखेको छ। आयोगका एकजना अधिकारीले भने, “उच्चतम न्यायालयले निर्देश दिएको छ कि नयाँ भर्ती प्रक्रिया आगामी 31 दिसम्बर, 2025सम्ममा पूरा हुनुपर्छ। यस्तो सीमित समयमा केन्द्रिकृत इन्टरभ्यु गराउने प्रक्रिामा विलम्ब हुनेछ, त्यसैले जोन-जोना इन्टरभ्यु गराउनु अधिक व्यवहारिक विकल्प हुनेछ।”
यद्यपि “योग्य” शिक्षकहरू जसको नोकरी पनि “अयोग्य” शिक्षकहरूको जस्तै न्यायालयको आदेशपछि गएको थियो, -ले यसको विरोध गरिरहेका छन्। यी शिक्षकहरू जसले नाँ भर्तीको लिखित परीक्षा दिसकेका छन्,-ले “योग्य शिक्षक-शिक्षिका अधिकार मञ्च”- को ब्यानरमा एकजुट भएर इन्टरभ्यु केन्द्रिकृत रूपमा गराउने माग गरिरहेका छन्।
फोरमका एकजना पदाधिकारीले भने, “एसएससीले राज्यको प्राथमिक औ उच्च प्राथमिक शिक्षकहरूको भर्तीको लागि केन्द्रिकृत ढंगमा इन्टरभ्यु आयोजना गरिरहेको छ भने माध्यमिक र उच्च माध्यमिक शिक्षकहरूको लागि अलग्गै प्रक्रिया अप्नाउनु अनुचित छ।”
उनीहरूको भनाइ यो पनि छ, जोनगत इन्टरभ्युमा अंकहरूको मूल्यांकनमा असमानता हुने आशंका रहन्छ भने केन्दिकृत इन्टरभ्युमा सबै उम्मेद्वारहरूलाई समान मानदण्ड अन्तर्गत जाँच्न सकिन्छ जसबाट निष्पक्षता सुिश्चित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा