
नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा छठ महापर्वको महत्वबारे प्रकाश पारेका छन्। उनले यसलाई संस्कृति, प्रकृति र समाजबीचको गहिरो एकताको प्रतीकका रूपमा वर्णन गरे।
‘मन की बात’ को १२७औं संस्करणमा प्रधानमन्त्रीले भने, छठका घाटहरूमा समाजका सबै वर्गका मानिसहरू एकसाथ उभिन्छन्, जसले भारतको सामाजिक एकताको सुन्दर उदाहरण प्रस्तुत गर्छ। उनले देशवासीहरूलाई आग्रह गर्दै भने, अवसर मिल्दा यो पर्वमा अवश्य सहभागी हुनुपर्छ। यो पर्व केवल धार्मिक आस्थाको प्रतीक मात्र होइन, भारतीय समाजको एकता र समरसताको पनि प्रतीक हो।
हिन्दुस्थान समाचार / भवानी थामी