प्रधानमन्त्रीले सुरक्षा बलहरुमा भारतीय नस्लका कुकुरलाई अपनाएकोमा सराहना गरे
PM modi-mann ki baat


नयाँ दिल्ली, २६ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा सुरक्षा बलहरूले भारतीय नस्लका कुकुरहरूलाई अपनाउँदै तिनीहरूलाई तालिम दिने प्रयासको प्रशंसा गरेका छन्। उनले पाँच वर्षअघि नै देशवासी र सुरक्षा बलहरूलाई भारतीय नस्लका कुकुरहरूलाई अपनाउन आग्रह गरेको स्मरण पनि गराए।

कार्यक्रमको १२७औँ एपिसोडमा प्रधानमन्त्रीले भने, बीएसएफ र सीआरपीएफ दुबै संस्थाले आफ्ना दस्तामा भारतीय नस्लका कुकुरहरूको सङ्ख्या बढाएका छन्। बीएसएफको राष्ट्रिय तालिम केन्द्र ग्वालियरको टेकनपुरमा रहेको छ, जहाँ रामपुर हाउन्ड, मुधोल हाउन्ड र अन्य भारतीय नस्लका कुकुरहरूमा विशेष ध्यान दिइँदै आएको छ। यी कुकुरहरूको विशेष क्षमतालाई उजागर गर्न तालिम पुस्तिकालाई पनि संशोधित गरिएको छ।

प्रधानमन्त्रीले भने, “भारतीय नस्लका कुकुरहरू आफ्नो परिवेश र परिस्थिति अनुसार चाँडै अनुकूलित हुन्छन्।” उनले भने, सीआरपीएफको बेङ्गलुरुस्थित डग ब्रीडिङ र ट्रेनिङ स्कूलमा मोंग्रेल्स, मुधोल हाउन्ड,‌ कोम्बाई र पाण्डिकोना जस्ता भारतीय नस्लका कुकुरहरूलाई तालिम दिइँदै आएको छ। गत वर्ष लखनउमा आयोजित अल इन्डिया पुलिस ड्युटी मिटमा मुधोल हाउन्ड ‘रिया’ ले विदेशी नस्लका कुकुरहरूलाई पछि पार्दै पहिलो पुरस्कार जितेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande