
इटानगर, 26 अक्टोबर (हि.स.)। अरूणाचल प्रदेश पुलिस र असम राइफल्सको एक संयुक्त अभियानमा आइतवार बिहान अरूणाचल प्रदेशको नामसाईमा यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम-इन्डिपेन्डेन्ट (उल्फा-आई) को एक क्याडरलाई पक्राउ गरियो।
पक्रा परेको उग्रवादीको पहिचान अनुपम दोहोतिया उर्फ थाउसेन आसोमको रूपमा गरिएको छ, जो असमको तिनसुकिया जिल्लाको बारेकुरीको निवासी हो। अधिकारीहरूले बताए, पक्रा परेको उल्फा (आई) क्याडर गत 17 अक्टोबरमा असमको तिनसुकिया जिल्लान्तर्गत काकोपाथर सेना शिविरमाथि भएको उल्फा (आई) को हालको हमलामा सामेल प्रमुख क्याडरहरूमध्ये एक हो।
सुरक्षाबलहरूले उदेखि प्रचुर मात्रामा हतियार र गोला-बारूद जफत गऱ्यो, जसमा मुख्य रूपमा एक एमक्यू राइफल, 151 राउण्ड जिउँदो कारतूस, एक बोतल ग्रेनेड, एक राइफल ग्रेनेड सामेल छ।
पक्रा परेको उग्रवादीसित नामसाई पुलिसले सोधपुछ गरिरहेको छ ताकि क्षेत्रमा उग्रवादी संगठनको सम्भावित लिंक र भविष्यका योजनाहरूको पता लगाउन सकियोस्।
अधिकारीहरूले यस अभियानलाई असम-अरुणाचल सीमामा उग्रवादी गतिविधिलाई रोक्नलाई लिएर चलिरहेको प्रयासहरूमा एक “रणनीतिक सफलता” बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी