
जगदलपुर, 26 अक्टोबर (हि.स.)। नक्सली संगठनको केन्द्रिय समितिको नक्सली नेता सोनूले आत्मसमर्पण गऱ्यो र फेरि नक्सलीहरूको हार्डकोर कमान्डर रूपेशले हतियार समर्पण गऱ्यो। लगातार ठूला नक्सलीहरूको आत्मसमर्पणले नक्सली गुटहरूमा खैलाबैला मच्चेको छ। सरकार आफ्नो सफलतामा खुशी छ भने बाकी रहेका नक्सली आफ्ना साथीहरूले आत्मसमर्पण गर्दा भयभित औं रूष्ट छन्।
नक्सली संगठऩको सेन्ट्रल कमिटीले यस कदमलाई “गद्दारी” ठहर गर्दै बयान जारी गऱ्यो। यसपछि आइतवार सीपीआई (माओवादी) को आत्मसमर्पित केन्द्रिय समिति सदस्य रूपेश उर्फ सतीशद्वारा जारी एक भीडियो बयान प्राप्त भएको छ। रूपेशले आफ्नो यस बयानमा दण्डकारण्य विशेष क्षेत्रीय समितिको नर्थ सब-जोनल ब्यूरोका माओवादी क्याडरहरूको सामूहिक आत्मसमर्पणको निर्णयको प्रक्रिया र त्यस पछाड़ीका कारणहरूको विस्तारमा उल्लेख गरेको छ।
आत्मसमर्पित नक्सली लीडर रूपेशले खुलासा गऱ्यो कि धेरै नक्सली आजपनि आत्मसमर्पण गर्न चाहन्छन् तर संगठनको डर र प्रतिशोधको आशंकाले पछाड़ी सर्छन्। शासनसित हाम्रो अपील छ कि जो साथी अहिलेपनि जंगलमा छन्, उलाई सरकारले सुरक्षा र सम्मानजनक जीवन दिनेछ भनी विश्वास दिलाइय़ोस्। आत्मसमर्पित रूपेश उर्फ सतीशद्वारा जारी भीडियो बयानको सन्देशबाट यो स्पष्ट हुन्छ कि 210 साथीको साथ हिंसा छोड़ेर मुख्यधारामा फर्किने निर्णय अधिकांश माओवादी क्याडरहरूको एक सामूहिक र सोचेर-सम्झेर लिइएको फसेला थियो, जसले शान्ति, प्रगति र सम्मानजनक जीवनमा उनीहरूको विश्वासलाई दर्शाउँछ। केवल थोरै क्याडर नै छन् जो यस निर्णयसित असहमत वा उनीहरूदेखि अलग छन्। यो पनि प्रतीत हुन्छ कि केही स्वार्थपूर्ण कारणहरू र व्यक्तिगत हितहरूको कारण पोलित ब्यूरो सदस्य देवजी, केन्द्रिय समिति सदस्य संग्राम र हिडमा तथा वरिष्ठ माओवादी क्याडर जस्तै बरसे देवा र पप्पा राव आदिले सशस्त्र संघर्ष समाप्त गर्ने यस सामूहिक निर्णयको जानकारी तल्लो स्तरका क्याडरहरूसम्म पुऱ्याएका छैनन्।
आत्मसमर्पण गर्ने नक्सली कमान्डर रूपेश न केवल दन्तेवाड़ा-बीजापुर डिवीजन कमिटीको प्रमुख थियो तर धेरै वर्षसम्म दक्षिण बस्तरको नक्सली नेटवर्कको रणनीतिकार पनि रहिसकेको छ। आत्मसमर्पण गर्ने नक्सलीले बताउँछन् कि गत केही वर्षमा नक्सली आन्दोलनका जराहरू कमजोर भएको छ किनभने युवाहरूले अब बुझ्न थालेका छन् कि हतियार उठाउँदा न त न्याय पाइनेछ न त विकास नै। आत्मसमर्पण गर्ने नक्सली कमान्डरले भन्छन्, हामीले क्रान्तिको नाममा कैयौं निर्दोषहरूको ज्यान लियौं तर अब हामीलाई महसूस भएको छ कि असली परिवर्तन बन्दूकले होइन, संवादबाट आउँछ। आत्मसमर्पण गरिसकेको कमान्डर रुपेशले यस कुरालाई स्वीकार गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी