प्रधानमन्त्रीले 09 नोभेम्बरमा नवनिर्मित सैन्यधामको उद्घाटन गर्ने
प्रधानमन्त्रीले 09 नोभेम्बरमा नवनिर्मित सैन्यधामको उद्घाटन गर्ने


देहरादून, 26 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 09 नोभेम्बरमा देहरादूनको गुनियाल गाउँमा नवनिर्मित सैन्य धामको उद्घाटन गर्नेछन्। यो सैन्य धाम उत्तराखण्डको बलिदानी सैनिकहरूलाई समर्पित छ। यसको निम्ति बलिदानीहरूको घरहरूको माटो एकत्र गरिएको थियो।

आइतवार उक्त जानकारी दिँदै सैनिक कल्याण मन्त्री गणेश जोशीले बताए, लामो प्रतिक्षाको समय समाप्त भइसकेको छ। प्रधानमन्त्री मोदीको परिकल्पना र मुख्यमन्त्री पुष्कर सिंह धामी सरकारको ड्रीम प्रोजेक्ट बनेर तयार भइसकेको छ। प्रदेशका बलिदानी सैनिक र उनका परिवारहरूलाई समर्पित यो सैन्यधाम राज्यका चारै धामहरू सरह मानिसहरूको जनभावनासित जोड़िनेछ।

उल्लेख्य, वर्ष 2019 को लोकसभा चुनाउ अगाड़ी प्रधानमन्त्री मोदीले उत्तराखण्डमा सैन्यधामको निर्माण गराउने घोषणा गरेका थिए। दिसम्बर 2021 मा रक्षामन्त्री राजनाथ सिंहले यसको शिलान्यास गरेका थिए। अब यो सैन्यधाम बनेर तयार भएको छ। देशको पहिलो सैन्य धामको निर्माण गुनियाल गाउँको चार हेक्टर भूमिमा गरिएको छ। यसमा 91 करोड़ 26 लाख रूपियाँ खर्चा गरिएको छ। यसलाई बनाउनको पछाड़ी राज्य सरकारको उद्देश्य यसलाई श्रद्धास्थल र पर्यटन केन्द्रको रूपमा विकसित गर्नु हो ताकि देशभरिबाट मानिसहरू यहाँ आएर मातृभूमिका वीर सपूतहरूलाई नमन गर्न सकुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande