
कोलकाता, 26 अक्टोबर (हि.स.)। पश्चिम बंगालको घाटाल रवीन्द्र शतवार्षिकी महाविद्यालयको संस्कृत विभागद्वारा हिंदुस्थान समाचार औ संस्कृत भारती दक्षिण बंगको संयुक्त तत्वावधानमा आयोजित “सिटिजन जर्नलिज्म एवं संस्कृत कन्टेन्ट राइटिंग इन्टर्नशिप–2025”- को समापन समारोह शनिवार सम्पन्न भयो।
यस अवसरमा दूरदर्शनका सल्लाहकार सम्पादक प्रसंजन बक्सी, वरिष्ठ पत्रकार ओमप्रकाश सिंह, संस्कृत भारती दक्षिण बंगका अध्यक्ष एवं कोलकाता संस्कृत कलेज तथा विश्वविद्यालयका प्राध्यापक डा. तन्मय भट्टचार्य औ कलेजका प्रिन्सिपल प्रो. मन्टू कुमार दास उपस्थित थिए। कोर्स कोऑर्डिनेटरको भूमिका प्रोफेसर प्रणब कुमार बरले निर्वाह गरे।
गत अगस्तदेखि अक्टोबरसम्म आयोजित यस तीन महिनाव्यापी प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूलाई आधुनिक भाषा ज्ञान, नागरिक पत्रकारिताको सिद्धान्त, नीति औ व्यावहारिक कौशलको जानकारी प्रदान गरियो। कार्यक्रम अवधि विद्यार्थीहरूले शुद्द उच्चारण र मौखिक सम्वादमा मात्र दक्षता हासिल नगरेर समाचार संकलन, सम्पादन, डिजिटल कन्टेन्ट निर्माण, भीडियो, फोटोग्राफी, तथ्य जाँच र सोशल मीडिया प्रस्तुतिको क्षेत्रमा समेत व्यावहारिक अनुभव प्राप्त गरे। कार्यक्रममा विशिष्ट अतिथिहरूलाई ‘नारद सम्मान’ प्रदान गरियो।
कलेज प्रशासन अनुसार यो सम्मान संस्कृत भाषा र नागरिक पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानको मान्यताको रूपमा दिइएको हो। यस अवसरमा संस्कृत भारती दक्षिण बंगका अध्यक्षले ‘प्राइड अफ इण्डिया’ नामक पुस्तक जुन भारतको प्राचीन विज्ञान एवं प्रौद्योगिकी परम्परामाथि आधारित छ, कलेजका प्रिन्सिपललाई भेंट गरे।
यो प्रशिक्षण नयाँ शिक्षा नीति (एनईपी–2020) औ करिकुलम एण्ड क्रेडिट फ्रेमवर्कफॉर अण्डरग्रेजुएट प्रोग्राम्स (सीसीएफयूपी) अनुरूप संचालन गरिएको हो। कलेज प्रशासनले बतायो, यस पहलको उदेश्य विद्यार्थीहरूलाई भाषागत रूपमा दक्ष बनाउनु, तकनिकी ज्ञानले सशक्त बनाउनु अनि सत्य एवं वस्तुनिष्ठतामाथि आधारित दृष्टिकोणलाई विकसित गर्नु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा