
गान्तोक, 26 अक्टोबर (हि.स.)। मिजोरमका राज्यपाल विजय कुमार सिंह दुई दिवसीय सिक्किम भ्रमण समाप्त गरेर आज फर्किएका छन्। यहॉंको बुर्तुक हेलीप्याडबाट उनी हेलिकप्टरमा बागडोग्रा हवाई अड्डा प्रस्थान भए।
राज्यपाल सिंहको साथमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर पनि बागडोग्रा हवाई अड्डासम्म गए। सिक्किमबाट प्रस्थान हुनुअघि राज्यपाल सिंह र राज्यपाल माथुर राजधानीको पाल्जोर स्टेडियममा आयोजित सोल्जराथन 2.0 मा सहभागी बनेका थिए।
उल्लेखनीय छ, मिजोरमका राज्यपाल विजय कुमार सिंह दुई दिवसीय भ्रमणमा हिजो सिक्किम आएका थिए।
हिन्दुस्थान समाचार / बिशाल