
खरसाङ, 26 अक्टोबर (हि.स.)। सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा आयोजना गरिने काङ्युर पूजा विषयलाई लिएर सिविटार, शिवखोला, बाघमारा र गोदामटार क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु र समाजहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा मिक्मा लामाको अध्यक्षतामा सम्पन्न भयो।
उक्त सभामा बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा आगामी 2 नोभेम्बरदेखि 11 नोभेम्बरसम्म आयोजना हुन लागेको काङ्युर पूजा विषयमा छलफल गरियो। काङ्युर पूजा सफल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने र यस अनुष्ठानलाई कसरी सफल बनाउने भन्ने विषयमा चर्चा परिचर्चा गरियो।
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै बौद्ध धर्म गुरु मिक्मा लामाले आगामी 2 देखि 11 नोभेम्बरसम्म आयोजना गरिने क्याङ्युर पूजामा सबैको साथ, सहयोग र सहभागिताको आवश्यकता रहेको बताए। उनले आफ्ना पिता बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको निधन भएकाले आफुहरुले बाहिरबाट सहयोग गर्ने बताउॅंदै यस पूजालाई सफल बनाउन संघ संस्थाहरु र समाजहरुका साथै व्यक्ति विशेषबाट सहयोगको निम्ति आह्वान गरे।
हिन्दुस्थान समाचार / हनोक