तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औं जन्म जयन्ती पालन
तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औं जन्म जयन्ती पालन


खरसाङ, 26 अक्टोबर (हि.स.)। साहित्य कला संस्थान तीनधारेको आयोजनामा आइतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औं जन्म जयन्ती पालन गरियो। साहित्य कला संस्थान तीनधारेका उपाध्यक्ष सुरेन बम्जनको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सह सचिव उत्तम शर्माले सञ्चालन गरेका थिए।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा दिपक प्रधान, कृष्णराज छेत्री र उत्तम गिरीले वक्तव्य राखे। सभाध्यक्ष सुरेन बम्जनले आफ्नो अध्यक्षीय सम्भाषणमा उपस्थित सबैलाई धन्यवाद दिए। गत तिहारको समयमा सबैजनाको व्यस्ततालाई हेरेर संस्थानले देवकोटा जयन्ती आइतवार पालन गरेको संस्थानको मूल सचिव सन्तोष लामाले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande