एनएच 110 भएर गाडीहरु कुद्न थालेपछि 'वी लभ तीनधारे' क्षेत्रमा भीड बढ्दै
एनएच 110 भएर गाडीहरु कुद्न थालेपछि 'वी लभ तीनधारे' क्षेत्रमा भीड बढ्दै


खरसाङ, 26 अक्टोबर (हि.स.)। वर्तमानमा राष्ट्रिय राजमार्ग 110 (पहिले 55) भएर गाडीहरु कुद्न थालेपछि 'वी लभ तीनधारे' क्षेत्रमा गाडीहरु र मानिसहरू भीड देखिन थालेको छ।

तीनधारेको गोलाई पाखास्थित 'वी लभ तीनधारे' बोर्ड लेखेको क्षेत्र पहिलेबाटै स्थानीयहरु र पर्यटकहरुका लागि प्रसिद्ध बनेको थियो। तर, गत 4 अक्टोबर राति पैह्रोले रोहिणी रोड वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदी, घैयाबारी र तीनधारे क्षेत्र भएर कुद्न थालेपछि यहाँ गाडीहरु र मानिसहरूको‌ निक्कै भीड देखिन थालेको छ। यहाँ अहिले सिलगढी क्षेत्रबाट आउने स्थानीय पर्यटकहरु र दार्जिलिङ घुमेर फर्कनेहरु साथै तीनधारेसम्म घुम्न आउनेहरुको तॉंती लागेको छ।

'वी लभ तीनधारे' मा फोटो खिच्नेहरु साथै तीनधारेको दृश्य र तीनधारेबाट देखिने वरपरका डाँडाहरु क्यामेरामा कैद गर्नेहरुको भीड बढ्न थालेको छ।‌ यस क्षेत्रमा गाडीहरु रोकेर चिया पिउनेहरू र खाजा खानेहरुको पनि निकै भीड देखिन थालेको छ। यस क्षेत्रका दोकानपाटहरु पनि निकै राम्रो चल्न थालेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande