कल्पतरूव प्रतिष्ठानको साधारण सभा सम्पन्न
कल्पतरूव प्रतिष्ठानको साधारण सभा सम्पन्न


गान्तोक, 26 अक्टोबर (हि.स.)। तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत पातुक कोकलेमा आज तुमिन लिङ्गी, खाम्दोङ सिङ्ताम र राङगाङ याङगाङ निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा कल्पतरूव (दिव्याङ्ग) प्रतिष्ठानको तत्वावधानमा एक साधारण सभा सम्पन्न भयो। सभाको अध्यक्षता गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारीले गरेको थियो।

तुमिन लिङ्गी निर्वाचन क्षेत्रका विधायकको मुख्य संयोजकत्वमा गठित कार्यकारी समितिको यस साधारण सभामा कल्पतरूव (दिव्याङ्ग) प्रतिष्ठानले आफ्नो योजनाअनुरूप निर्माण कार्य अघि बढाउन हिन्दू बौद्ध परम्परा अनुसार संयुक्तरूपमा आगामी 19 जनवरीदेखि 23 जनवरी, 2026 (बसन्त पञ्चमी) सम्म धार्मिक कार्य शुभारम्भ गर्ने निर्णय लिॅंदै विभिन्न प्रस्ताव पारित गरिएको छ।

कार्यक्रम सञ्चालन गर्न उप समिति पनि चयन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। मानव सेवा नै माधव सेवालाई मुख्य आधार लिएर गरिएको यस महान कार्यमा सबैको सहभागिताको अपेक्षा गरिएको छ। यस मानव सम्मेलनले दिव्याङ्ग सेवामा उत्कृष्ट परिणाम दिलाउने विश्वास राखिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande