
नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात कार्यक्रम केदारनाथ साहनी अडिटोरियम नयाँ दिल्लीमा आमजन एवं भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूसित सुनिन्। सो जानकारी मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया एक्स अकाउण्टमा साझा गरिन्।
मुख्यमन्त्रीले एक्समा पोस्ट गर्दै भनिन्,मन की बात कार्यक्रमको शुरूआत प्रधानमन्त्रीले महापर्व छठ पूजाको शुभकामनाबाट गरे तथा ‘लौह पुरुष’ सरदार वल्लभभाई पटेलको जयन्तीमा आगामी 31 अक्टोबरमा आयोजना हुने रन फर यूनिटीमा देशवासीहरूलाई सक्रिय रूपमा सहभागी हुने आह्वान गरे। साथै प्रधानमन्त्रीले आगामी 7 नोभेम्बरमा वन्दे मातरमले 150औं वर्षमा प्रवेश गरेको उत्सवको अवसरमा नागरिकहरूसित आफ्नो मूल्यवान सुझाउलाई '#वन्दे मातरम् 150'- को माध्यमबाट साझा गर्ने आग्रह गरे। सामाजिक सहभागितालाई प्रेरित गर्ने विभिन्न प्रेरक प्रयासहरूको उल्लेख गर्दै त्यसको सराहना पनि उनले गरे।
मुख्यमन्त्रीले भनिन्, जन सम्वादमाथि आधारित ‘मन की बात’ कार्यक्रम सामाजिक उपलब्धि एवं जन-सहभागिताका प्रेरक कथाहरूको एक महत्वपूर्ण मञ्च हो। यो कार्यक्रमले राष्ट्रलाई जोड़्न, प्रेरित गर्न तथा सकारात्मक परिवर्तनको दिशआमा साामूहिक प्रयासलाई प्रोत्साहित गर्ने एक सशक्त माध्यम बनिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा