
नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। दिल्लीका कला, संस्कृति औ भाषा मन्त्री कपिल मिश्राले आइतवार वसुदेव घाट सहित अन्य कतिपय घाटहरूको निरीक्षण गरे। दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा अशोक नगर, कोंडली र त्रिलोक पुरीका छठ घाटहरूको निरीक्षण अवधि कपिल मिश्रासित उपस्थित थिए।
मन्त्री कपिल मिश्राले बताए, केही घण्टाभित्रै द्रूत गतिमा घाटहरूको समतलीकरण वा निर्माण गरिँदैछ। सबै प्रशासनिक कर्मचारीहरू रातदिन छठी मइयाका उपासकहरूको सेवामा लागिपरेका छन्। कोंडली, त्रिलोकपुरीमा जनताले माग राखे, छठ पूजनको लागि अतिरिक्त घाटहरूको निर्माण गरियोस्। उनीहरूको माग अनुरूप अधिकारीहरूलाई कार्य पूरा गर्ने निर्देश दिइएको छ।
कपिल मिश्राले भने, मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा सरकार अनि संगठन दुवैले मिलेर छठ महापर्वको व्यवस्थालाई सुनिश्चित गरिरहेको छ।उनले भने, पछिल्लो वर्षसम्म यमुनामा 5 किलोमीटरलामो अनि 10 फुट अग्लो फिज थियो भने आज आकाश-पातालको भिन्नता पाइन्छ। उनले भने, पछिल्लो सात वर्षदेखिको पूर्वाञ्चलका मानिसहरूलाई घाटहरूमा पूजा गर्न दिइएको थिएन। उनीहरूले पूर्वाञ्चल समाजका मानिसहरूलाई नियोजित रूपमै प्रताड़ित गरेका थिे। पछिल्लो सरकारमा अरविन्द केजरीवालले यमुनामा छठ पूजा गर्नदेखि बन्द गरेका थिए भने पूर्वाञ्चलीहरूमाथि झूटो मुद्दा लगाए।
कपिल मिश्राले भने, दिल्लीमा पहिलो पटक 13 सय भन्दा अघिक घाटहरूमा छठ पूजाको आयोजन गरिँदैछ जुन कुरा पछिल्लो सरकारले एघार वर्षमा गर्न सकेको थिएन हाम्रो सरकारले केही महिनाभित्रै गरेर देखाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा