
चण्डीगढ़, 27 अक्टोबर (हि.स.)। पञ्जाबको पर्य़टन एवं सांस्कृतिक मामिलाहरूका मन्त्री तरूनप्रीत सिंह सौन्दले श्री गुरू तेग बहादुरको 350औं शहीदी दिवसको उपलक्ष्यमा श्री आनन्दपुर साहिबमा आयोजित हुने कार्यक्रमहरूमा श्रद्धालुहरू बस्नका लागि टेन्ट सिटीको निर्माण कार्य शुरू गरिएको बताएका छन्।
उनले बताए, यो टेन्ट सिटी तीन स्थान अगमपुर, पीएसपीसीएल ग्राउण्ड मटौर र झिंझड़ीमा स्थापित गरिँदैछ। पर्यटन एवं सांस्कृतिक विभागद्वारा टेन्ट सिटीको स्थापनामा लगभग 21.52 करोड़ रूपियाँ खर्च गरिँदैछ। यस टेन्ट सिटीमा दिनहुँ 10 देखि 12 हजार श्रद्धालुहरू बस्ने व्यवस्था हुनेछ। यहाँ श्रद्धालुहरूलाई सबै आवश्यक सुविधाहरू उपलब्ध गराइनेछ ताकि कसैलाई कुनै असुविधा नहोस्। यो टेन्ट सिटी 19 नोभेम्बरदेखि 30 नोभेम्बरसम्म संचालित हुनेछ।
उनले बताए, टेन्टको अनलाइन बुकिङको सुविधा पनि उपलब्ध गराइनेछ, जसको जानकारी छिट्टै नै सार्वजनिक गरिनेछ। साथै यो पनि सुनिश्चित गरिएको छ कि टेन्ट सिटीसम्म पुग्ने सड़कहरूको नवीनीकरण कार्य पनि पूरा गरियोस् ताकि श्रद्धालुहरूलाई कुनै प्रकारको कठिनाई नहोस्।
तरूनप्रीत सिंह सौन्दले बताए, यी आयोजनहरूको सफलता र सुचारू रूपले प्रबन्धनको निम्ति पर्यटन एवं सांस्कृतिक विभागलाई नोडल विभाग नियुक्त गरिएको छ र यस दिशामा विभाग पूरा निष्ठा र समन्वयको साथ काम गरिरहेको छ। उनले श्रद्धालुहरूसित यी पवित्र आयोजनहरूमा उत्साहपूर्वक भाग लिने अपील गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी