निजी क्षेत्रसित घरेलू रक्षा उद्योगमा 50 प्रतिशतसम्म योगदान बढ़ाउने आह्वान
राजनाथ


नयाँ दिल्ली, 27 अक्टोबर (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले घरेलू रक्षा उद्योगमा निजी क्षेत्रको योगदान दुईगुणा गर्ने आह्वान गरेका छन्। उनले भने, अहिले घरेलू रक्षा विनिर्माणमा हाम्रो निजी क्षेत्रको योगदान लगभग 25 प्रतिशत छ जबकि आउने 3 वर्षमा यस योगदानलाई कम्तीमा 50 प्रतिशतसम्म लैजाने लक्ष्य हुनुपर्छ। निजी क्षेत्रको बढ्दो भागीदारीकै परिणाम हो कि भारतको रक्षा निर्यात 10 वर्षमा एक हजार करोड़ रूपियाँदेखि बढ़ेर रेकर्ड 23,500 करोड़ रूपियाँसम्म पुगेको छ।

सोसाइटी अफ इण्डियन डिफेन्स मैन्युफेक्चरर्स (एसआईडीएम) को वार्षिक सत्रमा रक्षा मन्त्रीले भने, घरेलू विक्रेताहरूलाई प्रोत्साहन दिन सरकारले पनि आफ्नो स्तरमा प्रयास गरिरहेको छ। हामीले हाम्रो प्लेटफार्म, सिस्टम र सब-सिस्टमलाई बिस्तारै स्वदेशी बनाउने तय गरेका छौं। हामीले जुन चीजहरू बनाउन सकेनौं, त्यसको निम्ति पनि कम्तीमा 50 प्रतिशत स्वदेशी सामग्रीको प्रस्ताव दिइएको छ। धेरै क्षेत्रहरूमा आफ्नो स्वदेशी सामग्रीलाई बढ़ाउनमा सफलता हासिल भएको छ तर अहिलेपनि धेरै काम बाकी छ।

रक्षा मन्त्रीले भने, आजको समयमा हामीले जब कुनै ठूलो उपकरण विदेशहरूबाट किन्छौं भने त्यसको पूरा जीवन चक्रमा देखरेख, मरम्मती, ओवरहाल र स्पेयर पार्ट्स प्रबन्धन आदिको पनि एक ठूलो वित्तयी निहितार्थ हुन्छ। यसले न केवल हाम्रो संसाधनमाथि भार थप्दछ तर अन्य देशहरूमाथि हाम्रो निर्भरतालाई पनि कायम राख्दछ। यसैले हामीले केवल पूर्ण प्लेटफार्मतिर नभएर व्यक्तिगत उप-प्रणालीहरू र घटकहरूको स्वदेशी निर्माणमाथि पनि ध्यान केन्द्रित गर्नुपर्नेछ। हाम्रो उद्देश्य केवल भारतमा असेम्बल गर्नु नभएर सही अर्थमा हामीले आफ्नो देशभित्र तकनीक आधारित निर्माण गर्नुमाथि हुनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande