चक्रवात ‘मोन्था’ लाई लिएर ओडिशाका आठ जिल्लामा रेड अलर्ट, 128 टीम तैनाथ
चक्रवात ‘मोन्था’ लाई लिएर ओडिशाका आठ जिल्लामा रेड अलर्ट, 128 टीम तैनाथ


भुवनेश्वर, 27 अक्टोबर (हि.स.)। बंगालको खाड़ीमा तीव्र गतिमा प्रबल भइरहेको चक्रवात ‘मोन्था’ लाई मध्यनजर गरेर ओडिशा सरकारले राज्यका आठ दक्षिणी जिल्लाहरूका लागि रेड अलर्ट जारी गरेको छ। यसबाट 27 देखि 30 अक्टोबरबीच राज्यका धेरै हिस्साहरूमा भारीदेखि अति भारी वर्षा र तीव्र हावाको चेताउनी दिइएको छ। सरकारले आपदा प्रबन्धऩ र राहत कार्यहरूका लागि 128 विशेष टीम तैनाथ गरेको छ।

मौसम विभाग अनुसार, चक्रवात मोन्था 28 अक्टोबरमा आन्ध्र प्रदेशको काकीनाडा तट निकट भूमिसित ठोकिनसक्छ। यसको प्रभावले ओडिशाका दक्षिणी हिस्साहरूमा भारी वर्षा, तीव्र हावा र बाढ़ीको स्थिति उत्पन्न हुने आशंका छ। भारतीय मौसम विभाग अनुसार, चक्रवात मोन्था शनिवार अबेर राति बंगालको मध्य खाड़ीमा बनेको थियो र अहिले गोपालपुर (ओडिशा) देखि लगभग 850 किलोमीटर दक्षिण-पूर्व तथा काकीनाडा (आन्ध्र प्रदेश) देखि लगभग 680 किलोमीटर दक्षिण-पूर्वमा केन्द्रित छ। यो चक्रवात पश्चिम-उत्तर पश्चिम दिशामा लगभग 16 किमी प्रति घण्टाको बेगले अगाड़ी बढ़िरहेको छ र आगामी केही घण्टामा अझ् अधिक तीव्र हुने सम्भावना छ।

राज्यका राजस्व एवं आपदा प्रबन्धन मन्त्री सुरेश पुजारीले बताए, चक्रवातको सबैभन्दा अधिक प्रभाव मलकानगिरी, नबरंगपुर, कोरापुट, रायगड़ा, गजपति, गंजाम, कालाहांडी र कंधमाल जिल्लाहरूमाथि पर्नसक्छ। यी जिल्लाहरूलाई अत्यधिक वर्षा, तीव्र हावा र स्थानीय बाढ़ीको सम्भावनालाई मध्यनजर गरेर रेड जोन घोषित गरिएको छ। पुजारीले बताए, सरकारले आपदा प्रबन्धन र राहत कार्यहरूका लागि 128 विशेष टीमहरू तैनाथ गरेको छ। यसमा 24 ओडिशा डिजास्टर ऱ्यापिड एक्शन फोर्सका एकाई, 5 नेशनल डिजास्टर रेस्पोन्स फोर्सका टीमहरू र 99 अग्निशमन सेवा एकाईहरू सामेल छन्। सबै टीमहरूलाई रणनीतिक रूपले संवेदनशील क्षेत्रहरूमा तैनाथ गरिएको छ ताकि आपात स्थितिमा त्वरित कारबाही गर्न सकियोस्।

उनले बताए, मलकानगिरीमा तीन ओड्राफ टीम, एक एनडीआरएफ एकाई र आठ अग्निशमन दल तैनाथ गरिएको छ जबकि कोरापुटमा तीन ओड्राफ, एक एनडीआरएफ र चौदह अग्निशमन टीमलाई अलर्ट राखिएको छ। नबरंगपुरमा 10 र रायगड़ामा एघार फायर सर्विस टीमहरू तैनाथ छन्। यसैगरी गजपतिमा सात, गंजाममा 24, कन्धमालमा 12 र कालाहांडीमा 13 अग्निशमन टीमहरू तैनाथ गरिएको छ। दुई एनडीआरएफ टीम अगावै मालकानगिरी र कोरापुट पुगिसकेका छन् जबकि अतिरिक्त टीमहरू रायगड़ा, गजपति र कंधमाल पठाइँदैछ। सबै रेड जोन जिल्लाहरूमा कम्तीमा तीन ओड्राफ टीमहरू तैनाथ गरिएको छ ताकि खोज र बचाउ कार्यहरूलाई समयमा संचालित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande