
चण्डीगढ़, 27 अक्टोबर (हि.स.)। केन्द्रिय उर्जा, आवासन एवं शहरी मामिलाहरूका मन्त्री मनोहर लालले युवाहरू डंकी रूटबाट विदेश जाने मामिलामा चिन्ता व्यक्त गरेका छन्। केन्द्रिय मन्त्री सोमवार करनाल प्रवासमा पत्रकारहरूसित कुराकानी गरिरहेका थिए।
केन्द्रिय मन्त्रीले भने, यो तरीका युवाहरू र उनका परिवारहरूका लागि सही होइन। युवाहरू सही र कानूनी तरीकाले नै विदेश जानुपर्छ। हरियाणा सरकारको माध्यमले युवाहरूलाई सही तरीकाले विदेशमा काम गर्न पठाइँदैछ।
केन्द्रिय मन्त्रीले प्रदेशवासीहरूलाई छठ पूजाको बधाई पनि दिए। उनले भने, आजको दिन सूर्य देवतालाई अर्घ्य दिइँछ। सूर्य हाम्रो जीवनमा एक प्रकाश पुंज हुन्, जसको हामी आराधना गर्छौं र यो पावन पर्वले सबैको जीवनमा प्रकाश लिएर आओस् भनी कामना गर्छौं।
मनोहर लालले यस अवसरमा भने, जनताको आशीर्वादले प्रदेशमा लगातार तेस्रो पल्ट भारतीय जनता पार्टी (भाजपा) को सरकार बनेको छ। प्रदेश सरकार निरन्तर जनताको सुख-सुविधाहरूका लागि काम गरिरहेको छ। प्रदेश सरकारद्वारा अनेक जन कल्याणकारी योजनाहरू चलाइँदैछ।
धान खऱीदमाथि सोधिएको प्रश्नको जवाफमा केन्द्रिय मन्त्रीले भने, यस पाली अधिक वर्षाको कारण धानको फसल भिजेको छ। उनले किसानहरूसित मन्डीहरूमा धानको फसललाई सुकाएर ल्याउने आह्वान गरे ताकि धानको खरीद सुचारू रूपमा गर्न सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी