
कलबुर्गी, 27 अक्टोबर (हि.स.)। कर्नाटकको कलबुर्गी जिल्लाको चित्तपुरमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पथ संचलनलाई लिएर उठेको विवादलाई समाप्त गर्न जिल्ला प्रशासनले पहल गरेको छ। उच्च न्यायालयको निर्देशपछि जिल्ला प्रशासनले 28 अक्टोबरमा एक शान्ति बैठक बोलाएको छ।
यही सन्दर्भमा मंगलवार बिहान 11.30 बजी कलबुर्गी जिल्ला कलेक्टर कार्यालयमा एक शान्ति बैठक बोलाइएको छ। यस बैठकको निम्ति आरएसएस र भीम आर्मी समेत 10 संगठनलाई सूचना दिइएको छ। जिल्ला कलेक्टरले हरेक संगठनका तीन प्रतिनिधिलाई यस बैठकमा सामेल हुने र आफ्नो लिखित विचार जिल्ला प्रशासनलाई सुम्पिनु भनेका छन्। प्रशासनले उच्च न्यायालयको निर्देशानुसार यो शान्ति बैठक आयोजित गरेको छ।
चित्तपुरमा आरएसएसको पथ संचलनको मुद्दाले अब राजनीतिक रंग लिइसकेको छ। चित्तपुर मन्त्री प्रियांक खड़गेको निर्वाचन क्षेत्र हो। राज्यका अन्य हिस्साहरूमा आरएसएसको पथ संचलन बिना कुनै समस्याको निस्किरहेको छ तर केवल चित्तपुरमै स्थिति तनावपूर्ण बनेको छ। अब शान्ति बैठकको माध्यमले समाधान निकाल्ने प्रयास भइरहेको छ। बैठकपछि जिल्ला प्रशासनले न्यायालयलाई एक रिपोर्ट सुम्पिनेछ र आउने दिनहरूमा पथ संचलन निकाल्ने अनुमति दिने वा नदिने फसेला कोर्टको फसेलामाथि निर्भर पर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी