
पटना, 29 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउ-2025 मा दुई चरणमा मतदान हुनेछ। 06 नोभेम्बरमा पहिलो र 11 नोभेम्बरमा दोस्रो चरणको मतदान हुनेछ। पहिलो चरणमा हुने विधानसभा चुनाउमा 1,314 उम्मेद्वारमध्ये 27 प्रतिशत गम्भीर आपराधिक मामिलाहरूमा आरोपी छन्- जसमा हत्या, हत्याको प्रयास, बलात्कार र महिलाहरू विरूद्ध अत्याचारको आरोप सामेल छ।
एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) र बिहार इलेक्शन वाचको रिपोर्ट मुताबिक 1,303 उम्मेद्वारले आफ्नो जुन चुनावी हलफनामा दर्ता गरेका छन्, त्यसमाथि आधारित रिपोर्टमा पाइयो कि 423 (32 प्रतिशत) ले आपराधिक मामिला घोषित गरेका छन्, जबकि 354 (27 प्रतिशत) माथि गम्भीर आपराधिक आरोप छ। यसमध्ये 33 उम्मेदवारमाथि हत्याको आरोप छ, 86 माथि हत्याको प्रय़ास र 42 माथि महिलाहरू विरूद्ध अपराधको आऱोप छ।
सबै सीपीएम उम्मेदवार (100 प्रतिशत) गम्भीर आरोपहरूको सामना गरिरहेका छन्, त्यसपछि सीपीआई (80 प्रतिशत), सीपीआई (एमएल) (64 प्रतिशत), राजद (60 प्रतिशत) र भाजपा (56 प्रतिशत) को स्थान छ। कांग्रेसको प्रदर्शन पनि खराब छ, उसका 52 प्रतिशत उम्मेद्वार गम्भीर धाराहरूमा आरोपी छन्।
प्रमुख राजनीतिक दलहरू अनुसार विवरण
माकपा: 3 मध्ये 3 (100 प्रतिशत), भाकपा: 5 मध्ये 4 (80 प्रतिशत), भाकपा (माले): 14 मध्ये 9 (64 प्रतिशत), राजद: 70 मध्ये 42 (60 प्रतिशत), भाजपा: 48 मध्ये 27 (56 प्रतिशत), कांग्रेस: 23 मध्ये 12 (52 प्रतिशत), जनसुराज: 114 मध्ये 49 (43 प्रतिशत), आम आदमी पार्टी: 44 मध्ये 9 (20 प्रतिशत), लोजपा (आर): 13 मध्ये 5 (38 प्रतिशत), जदयू: 57 मध्ये 15 (26 प्रतिशत), बसपा: 89 मध्ये 16 (18 प्रतिशत) माथि गम्भीर मामिला दर्ता छ।
हिन्दुस्थान समाचार / भवानी थामी