प्रधानमन्त्री मोदीले जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसित कुराकानी गरे
प्रधानमन्त्री मोदीले जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसित कुराकानी गरे


नयाँ दिल्ली, 29 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानकी प्रधानमन्त्री साने ताकाइचीसित कुराकानी गरी उनलाई पदभार सम्हालेकोमा बधाई दिए। यस अवधि दुवै नेताले भारत-जापानको विशेष रणनीतिक र वैश्विक साझेदारीलाई अझ् सुदृढ़ बनाउनमाथि चर्चा गरे।

प्रधानमन्त्री मोदीले एक्स पोस्टमा यसको जानकारी साझा गर्दै भने, कुराकानीमा आर्थिक सुरक्षा, रक्षा सहयोग र प्रतिभा आदान-प्रदान जस्ता क्षेत्रहरूमाथि विशेष ध्यान दिइयो। दुवै देशले यसमाथि सहमति व्यक्त गरे कि भारत-जापानबीच मजबूत सम्बन्ध वैश्विक शान्ति, स्थिरता र समृद्धिको निम्ति अत्यन्त आवश्यक छ।

उल्लेख्य, ताकाइचीले 21 अक्टोबरमा जापानको प्रथम महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande